काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सामाजिक सञ्जाल आजको युगमा केवल सञ्चारको साधन मात्र नभई विचार, अभिव्यक्ति र स्वतन्त्रताको प्रमुख माध्यमका रूपमा स्थापित भइसकेको बताएका छन् ।
सामाजिक सञ्जालले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र नागरिक सहभागितालाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै शर्माले यसको सकारात्मक भूमिकालाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
सरकारलाई सामाजिक सञ्जालसम्बन्धी नियमनका विषयमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै आवश्यक नियमनसँगै प्रयोग र यसको प्रभावलाई ध्यानपूर्वक सम्बोधन नगरे समाजमा असन्तुलन सिर्जना हुन सक्ने सम्भावना रहने उनको भनाई छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘आजको युगमा सामाजिक सञ्जाल केवल सञ्चारको साधन मात्र नभई विचार, अभिव्यक्ति र स्वतन्त्रताको एक प्रमुख माध्यमका रूपमा स्थापित भइसकेको छ । यसले समाजमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र नागरिक सहभागितालाई नयाँ उचाइमा पुर्याएको छ । अतः सरकार नियमनका साथसाथै प्रयोग र प्रभावप्रति संवेदनशील हुनुपर्दछ ।’









