१६ भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन पोखरामा भोटेकोशी बाढीमा ज्यान गुमाएका १६ जनाको सनाखत, अन्य शवको व्यवस्थापन गरिँदै (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको थामे खोलाको बाढीले पाँच घर बगायो



अ+ अ-

सोलुखुम्बु। लगातार वर्षापछि थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ का पाँच घर पूर्ण रूपमा बगाएको छ।

थामे खोलाले धार परिवर्तन गर्दै बस्तीमा पस्दा ५ घर पूर्णरूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। साथै ६ घर आंशिक रूपमा प्रभावित भएका छन्।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण बिजुली पोल, वितरण लाइन र सञ्चार सेवासहितका पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले उद्धार तथा राहतका लागि तत्काल मानवीय सहयोग अपरिहार्य भएको बताएका छन्।

यद्यपि बाढीबाट कुनै मानवीय क्षति नभएको प्रहरीको पुष्टि छ। निरन्तर भइरहेको वर्षाले थप जोखिम बढाउन सक्ने भन्दै गाउँपालिकाले थामे क्षेत्रसहित सम्पूर्ण तटीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।