३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी बजेट बिज्ञको सुझाब

अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी बजेट बिज्ञको सुझाब
अ+ अ-

उद्योगी व्यवसायी एवं अर्थविदहरुले अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी बजेट आउनुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गत राष्ट्रिय सभाको सोमबारको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पुनरुत्थानका लागि औद्योगिक वातावरण निर्माण गर्ने र जनस्वास्थ्यको क्षेत्रमा लगानी बढाउने गरी बजेट आउनुपर्ने बताउनुभएको हो । कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन भएपछि उद्योग प्रतिस्ठानहरु पूर्णरुपमा बन्द भएको र रोजगारीको अवसरहरु गुमेको अवस्थामा सरकारले बजेट मार्फत संरक्षण गर्नुपर्ने नीति लिनुपर्ने सुझाव  गाल्छाले दिनुभयो । उहाँले औद्योगिक वातावरण निर्माण गर्नका लागि विद्युत महसुलमा २० प्रतिशत छुट दिनुपर्ने, बैंकको ब्याजदर हालको कायम भएको भन्दा ५ प्रतिशतले कम हुनुपर्ने, मूल्य अभिवृद्धि करलाई १३ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने र व्यक्तिगत आयकर तथा संस्थागत आयकरको दरलाई २० प्रतिशतले घटाए मात्र अर्थतन्त्र थप चलायमान हुन सक्ने बताउनुभयो ।

यस्तै कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानेहरु फर्किने र रेमिट्यान्समा कमि अउँदा विदेशी मुद्रा संचितिमा चाप पर्ने भएकाले त्यसलाई कम गर्न निर्यात जन्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भारत निकासिमा ५ प्रतिशत र तेस्रो मुलुक निकासीमा १० प्रतिशत नगद अनुदान सरकारले दिनुपर्ने माग आफुहरुको रहेको बताउनुभयो ।  अर्थविदहरुले पनि कोरोना भाइरसको रोकथामका लागि अवलम्बन गरिएको व्यवस्थाबाट अर्थतन्त्रमा गम्भिर असर पारेको र अर्थतन्त्रलाई उकास्नका लागि नियमित भन्दा फरक प्रकृतिको बजेट हुनुपर्ने बताएका छन् । बजेटले आन्तरिक उत्पादन, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा जोड दिनुपर्ने अर्थविदहरुले सुझाव दिएका छन् । अर्थविद डा. गोविन्दबहादुुर थापाले रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताउनुभयो । त्यसका लागि कृषि क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन हुनु पर्ने र सरकारको खर्चमा व्यापक कटौति गर्नुपर्ने बताउनुभयो ।

अर्थविद् पुस्कर बज्राचार्यले रोजगारीको विकासका लागि उत्पादन बढाउनु पर्ने र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने उद्योगहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले उद्योग व्यवसायको संरक्षण भएमात्र रोजगारी बढ्न सक्ने भएकाले कोरोना भाइरसको प्रभावमा परी बन्द हुने अवस्थामा पुगेका उद्योग व्यवसाय एवं पर्यटन क्षेत्रका लागि बैंक र सरकार दुवैले सहुलियत दिनुपर्ने बताउनुभयो । दुई महिना लकडाउन भए ६ महिनाका लागि र ४ महिना लकडाउन भए १० महिनाका लागि ब्याज छुट एवं किस्ता तिर्न समय थप गर्नु उचित हुने र यसको व्यवस्था बजेट मार्फत नै गरिनुपर्ने उहाँले बताउनुभयो ।  अर्थविद डा. विजयकुमार पौडेलले कोरोना भाइरसको महामारिबाट सिर्जित अर्थतन्त्रलाई बचाउन कृषिमा लगानी बढाउनु नै पहिलो उपाय भएको बताउनुभयो । उहाँले बजेट मार्फत दलाल पूँजीलाई राष्ट्रिय पूँजीमा रुपान्तरण गर्ने उपायको खोजी हुनुपर्ने, सहज रुपमा वैदेशिक लगानी भित्र्याउनु पर्ने र स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा अधिकतम सीमासम्म बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।