२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजमार्गमा हुने पटके कर असुलीमाथि रोक लगाइने



अ+ अ-

सङ्खुवासभा। जिल्ला प्रशासन कार्यालयले उत्तर–दक्षिण कोशी राजमार्गमा स्थानीय तहहरूले उठाउँदै आएका पटके कर असुली रोक लगाउने भएको छ ।

गृह मन्त्रालयले गत कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालयमार्फत राजमार्गमा लगाइएको पटके कर असुली रोक्न निर्देशन दिइसकेको छ ।

 स्थानीय तहले राष्ट्रिय राजमार्गमा आफूखुसी पटके असुली गरिरहेका गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले पटके कर असुली गर्न रोक लगाउने निर्णय गरेको हो ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका, मकालु गाउँपालिका र चिचिला गाउँपालिकाले विभिन्न किसिमका पटके कर उठाइरहेका छन् । राष्ट्रिय राजमार्गमा स्थानीय तहहरूले उठाउँदै आएका पटके कर असुली रोक्न स्थानीय तहलाई पत्रचार गरिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सृजना थपलियाले बताउनुभयो ।

राजमार्गमा स्थानीय तहले ठेक्कामार्फत कर असुली गर्नु संविधान विपरित भएकाले उक्त कार्य तत्काल रोक लगाइने उहाँले उल्लेख गर्नुभयो ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकारसँगको छलफलमा प्रजिअ थपलियाले गैरकानुनी रूपमा राजमार्गमा कर उठाइरहेको जनगुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न जिल्लाका तीनवटै स्थानीय तहलाई जानकारी गराउनुका साथै तत्कालै उक्त कार्यमा रोक लगाइने बताउनुभयो । साथै स्थानीय तह तथा सरोकार भएका सबैलाई गैरकानुनी गतिविधि रोक्न ध्यानाकर्षण गराइने उहाँको भनाइ छ ।

जिल्लाका केही स्थानीय तहले विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली बढेको छ । जिल्लाका स्थानीय तहले रु ३० देखि रु छ हजारसम्म पटके कर असुली गर्दै आएका छन् ।