२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय
अ अ+ अ-

महोत्तरी । “हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्धिक अपाङ्गता भएकी छोरी ११ वर्षीया रचनालाई देखाउँदै भन्नुभयो, “आब त हमर बेटी लिखपढसँगें कतेको चित्रसभ बनबैत अछि” (अब त हाम्री छोरी लेखपढ गर्नसँगै कैयौँ चित्र बनाउने भएकी छन्) ।

रचनामात्र होइन, जलेश्वर–८ का शारीरिक अपाङ्गता भएका सात वर्षीय प्रेम बैठा धोबी, जलेश्वर–४ सुगाका चार वर्षीया विवेक महतो, जलेश्वर–७ अन्कारका सात वर्षीय नजाबुल राइन, जलेश्वर–३ मलिवाराका छ वर्षीय साकिव अन्सारी र जलेश्वर–७ महादेवपट्टी बस्तीका १० वर्षीय वीरेन्द्र मण्डल पनि शारीरिक रूपमा अपाङ्गता भएर पनि अब लेखपढ गर्न जान्न थालेका छन् । कुनै जन्मले नै र कतिपय जीवनका विभिन्न घटनामा परी अपाङ्ग भएर घरमैं कुँजिएका बालबालिकाका लागि अहिले रतौली युवा क्लबले सञ्चालन गरेको ‘घरमै विद्यालय’ कार्यक्रम वरदान भएको छ ।

क्लबले जिल्लाका जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकामा सञ्चालन गरेको यो कार्यक्रममा अहिले शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकालाई घरमै हेरचाह र पठनपाठन अभ्यास गराउँँदैछ । धेरैजसो बौद्धिक अपाङ्गता भएका बोल्न नसक्ने बालबालिका अहिले नियमित अभ्यास र शिक्षकको हेरचाहले लेखपढ गर्न, चित्र कोर्न र जुडो खेल्न जान्ने भएका छन् । “हामीले यस्ता बालबालिकाका लागि उनीहरुकै घरमा विद्यालयको झल्को दिने शैक्षिक सामग्री र शिक्षकको व्यवस्था गरेका छौँ,” क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी भन्नुहुन्छ, “नियमित एक वर्षको देखभालले यी बालबालिका विद्यालय जानसक्ने बनाउनु हाम्रो उद्देश्य हो ।” सन् २०२५ जनवरीदेखि सुरु गरिएको यो कार्यक्रम आउने डिसेम्बरमा एक वर्ष पूरा हुनेछ । त्यसपछि आवश्यकतानुसार अवधि थपिने उहाँको भनाइ छ । यो कार्यक्रम सञ्चालन गर्न क्लबलाई अन्तरारष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले आर्थिक सहयोग जुटाएको चौधरीले बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत सहयोगी शिक्षक दिनहुँ ‘घरमै विद्यालय’ का बालबालिकालालाई अभ्यास गराउन पुग्छन् । दिनहुँ चारघण्टा आफ्नो विद्यार्थीसँग बसेर उनकै अनुकूलतामा गराइने लेखन तथा वाचन अभ्यासले यस्ता बालबालिकामा निकै सुधार भएको जलेश्वर–११ पिगौनाको वनटोलवाको ‘घरमै विद्यालय’का सहयोगी शिक्षक सजनीकुमारी मण्डल बताउनुहुन्छ ।

“मैले हेचरचाह गरेकी रचना त बोल्दै बोल्दिनथिन्, पछिपछि विस्तारै उनीसँगै खेल्दै बोल्दैजाँदा बल्ल लेखपढ गर्न थालिन्”, आपूmले हेरचाह गरिरहेकी रचना पण्डितबारे जानकारी दिँदै सजनीले भन्नुभयो, “अब साउँ अक्षर सबै लेख्ने भएकी छन्, चित्र कोर्नमा यिनको अभिरुचि बढेको छ ।” बोल्दैनबोल्ने छोरी अब घरका परिवारजनलाई नाता लगाएर बोलाउने र शिक्षक पढाएर फर्केपछि पनि कापीकलम लिएर चित्र कोर्ने गरेकी रचनाकी आमा वविताले खुसी हुँदै बताउनुभयो । रचना अहिले लेखपढ र चित्र कोर्नेमात्र नभई व्यक्तिगत आहारव्यवहारमा पनि पोख्त बनेकी देखिन्छ । आफ्ना घर आउने जोसुकै अतिथिलाई नमस्कारको अभिवादनबाट रचना स्वागत गर्नुहुन्छ । रचनामा आएको यो परिवर्तनले पिगौनावासी चकित छन् ।

क्लबले सुरु गरेको यो कार्यक्रमलाई जिल्लाका बुद्धिजीवीले सराहना गरेका छन् । आर्थिक रुपले निकै कमजोर भएका परिवारका बालबालिकाले यो कार्यक्रमबाट शिक्षामात्र नभएर आहारव्यवहार सिक्ने अवसर पनि पाएका राजकीय संस्कृत माध्यमिक विद्यालयका मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेलको प्रतिक्रिया छ । “कसैको नजर नपुगेको क्षेत्रमा यो कार्यक्रम थालिएको छ, यसको विस्तारमा अब राज्यका शैक्षिक निकायले पनि सहकार्य बढाउन आवश्यक छ”, पौडेलले भन्नुभयो ।

यो कार्यक्रम सरकारी अवधारणालाई नै बल पुर्याउन सुरु गरिएको क्लबका कार्यक्रम प्रबन्धक पूजनारायण साहको भनाइ छ । ‘घरमै विद्यालय’ नेपाल सरकारकै अवधारणा रहेको बताउँदै साहले आफ्ना कामले यस्ता कार्यक्रम सञ्चालन गर्न राज्यका निकाय र मधेसका अन्य सङ्घसंस्थालाई उदाहरण बनेको बताउनुभयो ।

“यो कार्यक्रम सञ्चालन गर्न ठाउँ नै पिच्छे व्यवस्थापनमा र शिक्षकको पारिश्रमिकमा मुख्य खर्च रहेको छ”, साहले भन्नुभयो । अब यो कार्यक्रम स्थानीय तहले बनाउनुपर्ने साहको सुझाव छ । “अहिले त दातृसंस्थाको सहयोग छ, तर यो त केही दिनका लागि हो”, साह भन्नुहुन्छ, “यसलाई जीवन्त राख्न स्थानीय तहहरूले आफ्ना कार्यक्रममा समावेश गर्नुपर्छ ।”

कार्यक्रमप्रति स्थानीय तहका जनप्रतिनिधिले पनि सकारात्मक चासो बढाएका छन् । जलेश्वर–११ का वडाध्यक्ष मनोज साहले अब बन्ने बजेट र कार्यक्रममा यो कार्यक्रम समावेश गर्न पहलकदमी लिने प्रतिबद्धता जनाउनुभयो । यसैगरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले आफ्नो गाउँपालिका क्षेत्रभरिका यस्ता बालबालिकाको नयाँ लगत बनाएर यिनीह केन्द्रित कार्यक्रम बनाइने बताउनुभएको छ । रासस