२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला



अ+ अ-

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन् । ती मध्येकी एक हुनुहुन्छ, पविना माझी ।

उहाँ लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गरिरहनुभएको थियो । पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको माझीले बताउनुभयो ।

पविना जस्तै यहाँका धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहनुभएको छ । पुख्र्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको  स्थानीय सोममाया माझीले बताउनुभयो ।

खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा रु १० हजार कमाई हुने गरेको उहाँले सुनाउनुभयो ।

नगरपालिका वडा नं ११ अध्यक्ष रोशन गिरीले यहाँका ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताउनुभयो । उहाँले यसरी बुनिएका गलैँचा राजधानी काठमाडौँ लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त हुन्छन् । महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन् । यसले आम्दानीको आधार बनेको छ”, वडाध्यक्ष गरिरीले भन्नुभयो,“महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेका छौँ । यो वर्ष थप ४० थान तान वितरण गरिएको छ । यसलाई निरन्तरता दिन्छौँ ।”

माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन् । यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन् ।

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताउनुभयो । युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै  विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उहाँको भनाइ छ । रासस