१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

निरोगी नेपाल निर्माण सरकारको मुल स्वास्थ्य नीति हो : राष्ट्रपति भण्डारी

निरोगी नेपाल निर्माण सरकारको मुल स्वास्थ्य नीति हो : राष्ट्रपति भण्डारी
अ अ+ अ-

काठमाडौं । सरकारले देशलाई कोरोना भाइरस महामारी मुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै सरकारले मुलुकलाई कोरोना माहामारीबाट मुक्त राख्ने विषयलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो । त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पुर्ण पालना गर्ने/गराउने , नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत  स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापुर्वक लाग्ने उहाँले बताउनुभयो । गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुँच हुने गरि व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउदै नीजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गर्ने कार्यक्रम सरकारले ल्याउने भएको छ ।

सरकारले कोरोनाले राष्ट्रिय जीवनका सबै क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको ,आन्तरिक आवागमन र आपुर्ति व्यवस्था सहज गराएको पनि उहाँले बताउनुभयो । उहाँले सरकारले कोभिड १९ पछिको थप रणनीति तर्जुमा गरि रोजगारी , गरिब, किसान तथा विपन्न वर्गलाई लक्षित गरि विशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । अन्तराष्ट्रिय विमानस्थल र सिमाका नाकाहरुमा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइनहरुको स्थापना गरिनुको साथै महामारी लम्बिएमा कार्यक्रमको पुन प्राथमिकिकरण गरिने पनि उहाँले उल्लेख गर्नुभयो ।

आगामी आर्थिक बर्षमा स्वास्थ्य संस्थाहरुको स्थापना एवंम स्तरोन्नती, पुर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामुलक पहुँच एवंम गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनसंरचना गरिने भएको छ । सरकारले निरोगी नेपाल निर्माणको नारा सहित आगामी आर्थिक बर्ष स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति भण्डारीले भन्नुभयो “सरकारले निरोगी नेपाल निर्माण यस सरकारको मुल स्वास्थ्य नीति हो । ”

सरकारले प्रकृतिमैत्री स्वच्छ जीवन प्रणालीका लागि रोगप्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अबलम्बन गरिने भएको छ । सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवंम् स्वास्थ्य विपद व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवा सहितको ३ सय शैयाको केन्द्रीय र न्यूनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधा सम्पन्न सरुवारोग अस्पताल स्थापना गरिने भएको छ ।

सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी नारायणी भेरी र डडेलधुरा अस्पतालबाट उपलब्ध विशिष्टिकृत स्वास्थ्य सेवाको विस्तार र स्तरोन्नति गर्दे ५ सय शैयाको विशेषज्ञ अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ ।  

आगामी बर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर वृद्र्धि, भुगोल र जनसंख्याको आधारमा हरेक स्थानिय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना र स्तारोन्नति तथा प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयाको अस्पताल र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

त्यसैगरी गरिब तथा बिपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भीक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने, उच्चरक्तचाप, मधुमेय, क्यान्सर, दम मिर्गौला कलेजो र महिलाहरुको पाठेघर सम्बन्धी रोगको रोकथाप, पहिचान र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने, आर्युवेदिक एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गर्ने लगायत कार्यक्रमहरु नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले सबै मेडिकल कलेजले जिल्लास्थित कम्तिमा एक अस्पतालमा शल्य चिकित्सा सहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरुले महिनाको एकदिन स्याटलाईट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । केन्द्रीय अस्पतालहरुले तोकिएको स्थानमा नियमित रुपमा स्याटलाईट अस्पताल संचालन गर्नुपर्ने व्यवस्था मिलाईने भएको छ । सरकारले विरेन्द्र शैनिक अस्पताललाई सबै किसिमका स्वास्थ्य सेवा दिन सक्ने गरि स्तरोन्नति गर्ने भएको छ ।

त्यसैगरी सरकारले स्वास्थ्य सेवा , औषधी, उपचार पद्धती तथा स्वास्थ्य संस्थाहरुको अनुगमन नियमनका विशेष व्यवस्था गर्ने भएको छ । रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्टोल स्थापना गरिने भएको छ । औषधी औजार तथा उपकरणको गुणस्तर मापन तथा नियमन गर्न फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनको स्थापना गरिने भएको छ । स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणिकरण राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने भएको छ । स्वास्थ्य क्षेत्रका आयोग , प्रतिष्ठान , काउन्सिल ,अनुसन्धान केन्द्र र अस्पतालहरुलाई मितव्ययी र प्रभावकारी बनाउन एकीकृत छाता ऐनको व्यवस्था गरिने भएको छ ।

त्यसैगरी , प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गर्ने, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेफ्रोलोजि तथा युरोलोजी केन्द्र स्थापना गर्ने र यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लगिने भएको छ । कान्ति बाल अस्पताललाई बालरोगका सम्बन्धमा उच्च शिक्षा अध्ययन गर्नै केन्द्रको रुपमा विकास गर्ने कार्यक्रमहरु पनि समावेश हुने भएको छ । सरकारले आगामी ३ बर्ष भित्रमा सबै नागरिकमा स्वास्थ्यबिमा पुरयाउने नीति लिएको छ । यसमा आधारभूत बाहेकका स्वास्थ्य विमाहरु पनि समावेश गर्दे लगिने भएको छ ।

नीति तथा कार्यक्रममा मुलुकभरका ६ सय ७१ स्थानीय तहका वडाहरुमा पुर्ण खोप सेवा उपलब्ध वडा घोषणा गरिएको तथा आगामी बर्ष सबै स्थानीय तहका वडाहरुमा पुर्ण खोप सेवा पुर्याउने लक्ष्य पनि अघि सारिएको छ ।

। राष्ट्रपति भण्डारीले सबैको एकता र सहयोगले अहिलेसम्म कोरोनाको संक्रमणको जोखिमबाट सबैको जीवनरक्षा गर्न सफल भएको भन्दै आगामी दिनमा अझै बढी सफलता सर्तकता आवश्यक भएकाले सबैलाई एकढिक्का भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।