५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत
अ+ अ-

इलाम। इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो ।

जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवाखोलाखमा रु एक करोड ४३ लाख ७६ हजार २९७ को लागतमा ४८ दशमलव ६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।

सोही आर्थिक वर्षमा सक्नेगरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा रु एक करोड ८५ लाख आठ हजार ५३८ को लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्मझौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिनुभयो ।

राजस्व सङ्कलन वृद्धि

सडक डिभिजन कार्यालयले आव २०८१/८२ मा रु दुई करोड दुई हजार २३० राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०८०÷८१ मा रु ३३ लाख ५४ हजार ७९९ रुपैयाँ राजस्व सङ्कलन गरेको गरिएको थियो ।

कार्यालयले प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ७३ लाख ५५ हजार ९७०, बेरुजु फछ्र्यौटबाट रु ८४ लाख ५० हजार २१३, अन्य राजस्वबाट रु २५ लाख ३६ हजार ४७ र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १६ लाख ६० हजार राजस्व सङ्कलन गरिएको लेखा अधिकृत प्रेमकुमार लिम्बूले जानकारी दिनुभयो ।

कार्यालयले गत आवमा सम्झौता गरेर पनि काम नगर्ने चार वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरेको थियो । मेची राजमार्गअन्तर्गत बिब्ल्याँटे–राँके सडक मर्मतको जिम्मा लिएको कपिलदेव कन्ट्रक्सन, राँके–फिदिम र बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक मर्मतको जिम्मा लिएको पिङ्की कन्ट्रक्सन र फिदिम– सुकेटार सडक मर्मतको जिम्मा लिएको तिम्सिना निर्माण सेवासँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरिएको हो । रासस