५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भैरहवा जेलको भित्तामा रविले लेखे: अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ !

भैरहवा जेलको भित्तामा रविले लेखे: अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ !
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा अड्डासार गरिएको छ ।

१२६ दिन थुनिएको रुपन्देही कारागार कोठाकोमा रविले केही लेखेर छाडेका छन् ।

रास्वपा उपसभापति स्वर्णीम वाग्लेका अनुसार रविले भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेख्नु भएको छ ‘यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्नेछ।’

यस्तै पार्टीको प्रशिक्षणका भैरहवामा मात्र रहनु भएका पार्टी प्रवक्ता मनिष झाले रवि संग भएको सम्बाद सामजिक संञ्जालमा राख्नु भएको छ ।

उहाँले राख्नु भएको सम्बाद यस्तो छ-

कृष्ण जन्माष्टमी र Buddha Air- UA 860

आज कृष्ण जन्माष्ठमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।

हतारिएर, अनिश्चितताको सास फेर्दै

प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णीम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।

विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।

सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।

मैले सोधे,

कति दिन भैयहवा बस्नु भयो? वहाँले भन्नु भयो १२६ दिन।

काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ?

वहाँले भन्नुभयो,

“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”

“भैरहवाको हावापानी, यहाको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”

“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।”

“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहा कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ।”

“४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।”

“तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।”

सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरवाबाट काठमाडौँको लागि उडेको युए 860 बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौं।

शनिबार दिउँसो कडा सुरक्षा घेराबीच लामिछानेलाई कारागारबाट बाहिर निकालेर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं ल्याइएको हो ।

हालै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारमाथि उनलाई काठमाडौं सार्न दबाब बढेको थियो। सोही दबाबपछि कारागार व्यवस्थापन विभागले शुक्रबार उनलाई नख्खु कारागार सार्ने निर्णय गरेको थियो।