१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानियाँको मन्त्रिमण्डल गठनमै विवाद, लामा असन्तुष्ट हुँदै शपथ समारोहबाट बाहिरिए



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमै बाहिरिएका छन्। आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सरकारमा नसमेटिएको भन्दै लामाले असहमति जनाएका हुन्।

लामाका अनुसार, सभापति शेरबहादुर देउवाको सहमतिअनुसार आफूले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउने सर्तमा राजीनामा दिएका थिए। तर नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ती सहमति कार्यान्वयन नगरेको भन्दै उनले सार्वजनिक रुपमा आपत्ति जनाए।

लामाले भने, “सभापतिज्यूको सहमति अनुसार मात्रै मैले पद छाडेको थिएँ, तर त्यो मानेनन्। यसले गलत नजिर बसायो।” लामाले यो घटनालाई संविधानविरोधी र राजनीतिक संस्कार बिथोल्ने खालको भनेर टिप्पणी गर्दै सहमति कार्यान्वयन गराउन पार्टी सभापति देउवासँग छलफलका लागि तत्काल काठमाडौं प्रस्थान गरेका छन्।

बागमती प्रदेश सरकारको नयाँ स्वरूपमा कांग्रेस सभापति देउवाका नजिक मानिने धादिङका शिवराज अधिकारी पनि मन्त्रालयविहीन बनेका छन्। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी गरिए पनि अन्तिम घडीमा नाम रोकिन पुगेपछि उनी पनि मन्त्रालय नपाएका हुन्।

मुख्यमन्त्री बानियाँले दुई मन्त्रीसहित मात्रै शपथ लिए पनि बाँकी पाँच मन्त्रालयको जिम्मेवारी हालसम्म खुलाइएको छैन। पार्टीभित्रको आन्तरिक रस्साकस्सीले मन्त्रिपरिषद् विस्तार नै अनिश्चित बनेको छ।

बानियाँलाई पार्टीका केन्द्रीय नेताहरूले आफू निकटलाई मन्त्रीमा समेट्न दबाब दिइरहेका छन्, जसले सरकार गठनको सुरुवातमै असन्तोष र विवाद जन्माएको छ।