७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

कुलिङ अफ पिरियड छानबिन समितिमा सहमति, को–को देखिए दोषी ?

कुलिङ अफ पिरियड छानबिन समितिमा सहमति, को–को देखिए दोषी ?
फाईल फोटो
अ+ अ-

काठमाडौं । निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको त्रुटि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सहमतिबाटै प्रतिवेदन तयार पारेको छ ।

समितिले रातभरको प्रयासपछि आज बिहान झन्डै ४ बजे सहमति जुटाएको हो । समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ ।

आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएको थियो । रातभरको छलफलपश्चात आज बिहान ४ बजे सर्वसम्मत रुपमा प्रतिवेदन पारित भएको हो ।

सहमति भएपछि छानबिन समितिका सबै सात जनाले नै प्रतिवेदनमा हस्ताक्षर गरेका छन् । यसअघि सहमति हुननसक्दा प्रतिपक्षी दलहरुबाट सहभागी सदस्यहरुले नोट अफ डिसेन्टको तयारी गरेका थिए ।

छानबिन समितिले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज दुरालाई दोषी किटान गरेको बताइएको छ । सभापति खतिवडाले नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने निष्कर्ष पनि समितिले निकालेको बताइएको छ ।

त्यसैगरी सचिव दुरालाई संसद् कानुनअनुसार कारबाही गर्न भनिएको छ । विधेयकको प्रतिवेदन तयार पार्ने काममा संलग्न कर्मचारीलाई आगामी दिनमा गल्ती नदोहोर्‍याउन सचेत गराउने निष्कर्ष पनि प्रतिवेदनले देखाएको छ ।

छानबिन विशेष समितिले पारित गरेको प्रतिवेदन आज संसद्मा पेश गर्ने छ ।