१ भाद्र २०८३, सोमबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय ‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर जलवायु कार्य अघि बढाउँछौँ-सहभागी नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’ आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त



अ+ अ-

मोरङ। पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त हुनुभएको छ ।

त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायको डिनमा प्राडा पवनकुमार झा र इञ्जिनियरिङ सङ्कायको डिनमा प्राडा भोलानाथ शर्मा घिमिरे नियुक्त हुनुभएको छ । नवनियक्त तीनै जना डिनले आज पदभार ग्रहण गर्नुभएका छन् । झा पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्राध्यापक हुनुहुन्छ ।

यस्तै घिमिरे त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कार्यरत प्राध्यापक हुनुहुन्छ । उपकुलपति प्राडा बिजुकुमार थपलिया र रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीले नवनियुक्त डिनहरुको कार्यकाल सफलताको कामना गर्दै उहाँहरुको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त डिन डा दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नयन र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । डिनद्वय झा र घिमिरेले विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । रासस