१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पताललाई अझ प्रभावकारी, समावेशी, र जनउत्तरदायी स्वास्थ्य संस्था यसरी बनाउन सकिन्छ



अ+ अ-

काठमाडौं ।  वि.सं. १९४६ साल श्रावण १२ गते, आजकै दिन १५ शैयाबाट सेवा प्रारम्भ गरेको नेपालकै जेठो र गौरवशाली इतिहास बोकेको वीर अस्पतालले आजसम्म आईपुग्दा आधारभूतदेखि लिएर विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेको छ।

यही अस्पतालमा पहिलोपटक नेपालमा मुटुको शल्यक्रिया, मृगौला प्रत्यारोपण, न्यूरो सर्जरी तथा सघन उपचार सेवा सुरु भएको हो। हाल यस अस्पतालले ९६० शैयासम्मको सेवा सञ्चालन गर्न सक्ने क्षमतासमेत विकास गरिसकेको छ।

राजधानी काठमाडौंको केन्द्र भागमा अवस्थित यो अस्पतालले तुलनात्मक रूपमा सस्तो, गुणस्तरीय र दक्ष जनशक्ति मार्फत सेवा प्रदान गर्दै अन्य सरकारी अस्पतालहरूभन्दा अग्रस्थानमा आफूलाई राखी जनताको मन जित्न सफल भएको छ। स्वास्थ्य सेवाका अतिरिक्त, वीर अस्पताल चिकित्सा शिक्षा र अनुसन्धानको केन्द्रको रूपमा समेत स्थापित भइसकेको छ। वि.सं. २०६३ मंसिर १७ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भएयता, यस संस्थाले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै, राष्ट्रलाई दक्ष र योग्य चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिदैँ आएको छ।

अस्पतालको निर्देशकको रूपमा कार्यभार सम्हालिसकेपछि, मैले पूर्वनिर्देशकहरूले सुरु गरेका सुधारात्मक योजनाहरूलाई निरन्तरता दिँदै, सेवाको गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विस्तार, डिजिटल प्रविधिको थप प्रयोग, सेवा प्रवाहमा पारदर्शिता, बिरामीमैत्री वातावरणको विकास तथा चिकित्सकीय अनुसन्धानमा वृद्धि गर्ने कार्यहरूमा विशेष प्राथमिकता दिएको छु।

यसै सन्दर्भमा, आकस्मिक कक्षमा सुधार, बिरामीको दर्ता प्रणालीमा स्वचालित प्रविधिको प्रयोग, तथा विभिन्न विभागहरूमा सुपर(स्पेशियालिटी सेवा सञ्चालन जस्ता कार्यहरू प्रारम्भ गरिएका छन्।

यस ऐतिहासिक अवसरमा, वीर अस्पतालको समग्र विकासका लागि समर्पित सबैमा हार्दिक आभार प्रकट गर्दै, आगामी दिनहरूमा समेत हामी सबैको सामूहिक प्रयासले वीर अस्पताललाई अझ प्रभावकारी, समावेशी, र जनउत्तरदायी स्वास्थ्य संस्था बनाउन सफल हुने विश्वास व्यक्त गर्दछु।यस सन्दर्भमा वीर अस्पतालमा भइरहेको भौतिक तथा स्वास्थ्योपचार सम्बन्धि गतिविधि र कार्यकलापका विषयमा प्रकाश पार्न चाहान्छु ।

क) भौतिक पूर्वाधारहरु

इमरजेन्सी सेवा विस्तार: हालको ३५ वेडको ईमरजेन्सी सेवालाइ ७० वेडमा स्तरोन्नति गर्न साविकको इमरजेन्सी रहेको स्थानलाइ पुर्ननिर्माण गरी मोडुलर ईमरजेन्सी विभाग गराउने कार्य अन्तिम चरणमा रहेको छ ।

पथ्य भवन निर्माण- जाइका भवन सँगै रहेको ठाउँमा तीन तल्लाको पथ्य शाखाको भवन निर्माणको कार्य करीव ३० प्रतिशत सम्पन्न भइ आगामी पुस मसान्तसम्म हस्तान्तरण हुने गरी काम भइराखेको छ।

ख) अस्पतालका सेवा विस्तार

बर्न सेवा पुन: सञ्चालन: भुकम्पपश्चात रोकीएको बर्न सेवालाइ मिति २०८१।०५।२८ मा के डि जोशी बर्न सेन्टरको नाममा पुन: सञ्चालन ल्याइएको छ ।

पेन क्लिनिक तथा पेन मेडिसिन सेवा: एनेस्थेसिया विभागको सेवा विस्तार अन्तर्गत सवैखाले दुखाइका लागि मिति २०८१।०७।०१ देखी यस अस्पतालमा पेन क्लिनिक तथा पेन मेडिसिन र पेन इन्टरभेन्सन सेवाको शुरुवात भई सञ्चालनमा रहेको छ।

सिटिभिएस र पल्मोनरी क्रिटिकल केयर विभागस् मिति २०८१।१०।१४ मा सिटिभिएस यूनिटलाई कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी विभागमा र २०८२।०१।०९ मा चेस्ट मेडिसिन यूनिटलाई पल्मोनरी, क्रिटिकल केयर र स्लीप मेडिसिन विभागमा स्तरोन्नति गरी सञ्चालन गरिएको छ ।

मुटुबाथ रोग कार्यक्रम : सिटिभिएस तथा कार्डियोलोजी विभागवाट १५ बर्ष भन्दा मुनीका बालवालिका र ७५ बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाइ ‘मुटुवाथ रोग कार्यक्रम’ अन्तर्गत पहिचान, उपचार तथा सल्यक्रिया सेवा प्रदान भइरहेको छ।सो कार्यक्रमवाट सेवा लिने विरामीले नेपाल सरकारवाट विनियोजित वजेटवाट प्रति विरामी रु ४००००० सम्मको सेवा पाएका छन् ।

कोक्लियर इम्प्लान्ट सर्जरी: ईएनटी विभाग वाट कोक्लियर इम्प्लान्ट सर्जरी सेवा ६ जनाले लिएका छन्। सो कार्यक्रममा नेपाल सरकारवाट विनियोजित रकम मध्ये प्रति विरामी रु ६५०००० सम्मको सेवा प्रदान गरीएको छ । साथै सरकारी अस्पतालमा पहिलोपटक स्ट्रोवोसकोपि सेवा समेत सुरु भइ पूर्ण क्षमतामा सञ्चालमा रहेको छ ।

नविन प्रविधिको प्रयोग: न्युरोसर्जरी विभागवाट स्नायु रोगहरूको निदान र प्रभावकारी उपचारका लागि Video EEG (VEEG) तथा Deep Brain Stimulation (DBS) जस्ता अत्याधुनिक प्रविधिहरूको पहिलो पटक सरकारी अस्पतालमा सुरुआत गरिएको छ। यसले सरकारी स्वास्थ्य सेवा प्रणालीमा स्नायु रोग सम्बन्धी उपचारको पहुँच र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा छ।

सर्भाइकल क्यान्सर स्क्रिनिङ: काठमाडौ महानगरपालिकाको सहकार्यमा यस अस्पतलामा मिति २०८१।१२।१२ अंकोलोजि विभाग तथा रेडियोलोजी विभागवाट सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन भइ उक्त कार्यक्रमवाट काठमाडौ महानगरापालिकाको सिफारिसमा ६७५ जना महिलाहरुले म्यामोग्राफी सेवा लिएका छन् ।

फार्मेसी सेवा विस्तार: फार्मेसीमा सेवाग्राहीको भिडलाइ कम गर्न फार्मेसी सेवालाई विस्तार गरी विपन्न नागरिक, स्वास्थ्य वीमित, वहिरङ्ग सेवा तथा अन्तरङ्ग सेवाका सेवाग्राहीका लागि छुट्टाछुट्टै औषधि बिक्री वितरण कक्षको व्यवस्था गरिएको छ।

औषधि सूचना केन्द्र: विरामीलाइ औषधिको यथोचित प्रयोग सम्बन्धि जानकारी दिन मिति २०८१।०५।२८ मा फार्मेसी अन्तर्गत औषधि सूचना केन्द्रको माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वाट समुद्घघाटन भइ सञ्चालमा रहेको छ ।

क्षेत्रिय फर्माकोभिजिलेन्स सेन्टरको स्थापना: नेपाल सरकार, औषधि व्यवस्था विभागको मिति २०८१।०९।२८ को निर्णयअनुसार यस अस्पताललाई क्षेत्रीय फर्माकोभिजिलान्स सेन्टर को मान्यता प्रदान गरिएको छ। यस कार्यक्रमअन्तर्गत विरामीहरूलाई दिइने औषधिले प्रतिकूल असर ९ए ।डि। आर० पारेको अवस्थामा त्यसको जानकारी सङ्कलन गरी, विरामीलाई थप जोखिमबाट जोगाउन प्रत्यक्ष निगरानीको कार्य सुरु गरिएको छ। हालसम्म तीनवटा औषधिको प्रतिकूल असर विश्व स्वास्थ्य संगठनको आधिकारिक पोर्टलमा प्रतिवेदन भइसकेको छ।

आइसीयू सेवा विस्तार: सर्जिकल आइ सि यू १० शैया थप गरी ७२ आइ सि यू तथा ३८ एच डि यू गरी जम्मा ११० शैय्यामा नेपालमै सवै भन्दा धेरै विधाका सघन उपचार कक्षहरु सञ्चालनमा रहेको छ।

प्याथोलोजि सेवा विस्तार: ईम्युनोलोजि युनिटमा अटोमेटेड क्लिया मेसिन सञ्चालनमा ल्याइ ८ वटा विशेष परिक्षण कार्य सञ्चालनमा ल्याइएको छ।

एन्टिमाइक्रोबियल स्टेवार्डशिप कार्यक्रम: प्रतिजैविक कार्यक्रमलाई व्यवस्थित गर्न एन्टिमाइक्रोबियल स्टेवार्डशिप कार्यक्रम लागू गरिएको छ।

टोमोथेरापी सेवा: क्लिनिकल अंकोलोजि विभागवाट क्यान्सर का विरामीहरुको लागि अत्याधुनिक टोमोथेरापि मेसिनवाट सेवा प्रदान भइरहेको ।

जेष्ठ नागरिकको सेवा: जेष्ठ नागरिकहरुको स्वास्थ्य लाइ ध्यानमा राखी जेष्ठ नागरीक तथा मानसिक स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालनमा रहेको छ ।

टिकट काउन्टर तथा अनलाइन दर्ता: दैनिक रुपमा वढ्दै गएको सेवाग्राहीको चापलाइ व्यबस्थित गर्न टिकट काउन्टर विस्तार र अनलाइन दर्ता प्रणाली व्यवस्थित गरिएको छ।

स्वचालित तथ्यांक व्यवस्थापन: अस्पतालमा उपचार लिएका बिरामीहरूको तथ्याङ्क, भर्ना तथा डिस्चार्ज, सर्जरी सेवा तथा शैया सम्बन्धि जानकारी अस्पतालको वेवसाइटमा स्वचालित रुपमा आउने व्यवस्था प्रवन्ध मिलाइएको छ।

ग) सेवा प्रवाहको संक्षिप्त विवरण

गत आर्थिक बर्ष २०८१/८२ को सीमित आर्थिक स्रोतका वाबजुद यस अस्पतालवाट प्रदान गरिएका सेवाहरु निम्नाअनुसार छन् ।

क्रम संख्या सेवाहरु संख्या

१- बहिरंग सेवा (नयाँ तथा पुरानो) अनलाइन समेत ६४७२१५ पटक

२- आकस्मिक सेवा ३५१४१ जना

३- अन्तरंग सेवा २१२२४ जना

४- शल्यक्रिया सेवा २६४४६ पटक

निदानात्मक सेवाहरु

५- प्रयोगशाला परीक्षण १२७११९८ वटा

६- सिटी स्क्यान १६९९९ वटा

७- एम आर आई ८०२० वटा

८- अल्ट्रासाउण्ड ६१८२५ पटक

९- इन्डोस्कोपी ६६१० जना

१०- कोलोनोस्कोपी १८७६ जना

११- इकोकार्डीयोगाफि १६२९७ पटक

१२- कोरोनरी एनजियोपलाष्टी ८५ जना

१३- कोरोनरी एनजियोग्राफि ३६६ जना

१४- मृगौला प्रत्यारोपण २६ जना

१५- रेडियोथेरापी सेवा (टोमोथेरापी } २८९ जना

१६- फाइव्रो स्क्यान ८१५जना

१७- फिजियोथेरापी सेवा १७०२० पटक

यो २ वर्षको अबधिमा ईमरजेन्सी सेवाको संख्यामा खासै बृद्धि नभएपनि बहिरङ्ग तथा अन्तरङ्ग विभागमा सेवा लिने विरामीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिन्छ। गत आर्थिक बर्ष २०८१।८२ मा जम्मा २६४६४ वटा सर्जरीहरु सम्पन्न भएका छन् । जसमा १६२० वटा ईमरजेन्सी तथा १०२२० वटा अन्तरङ्ग सेवामा र वाँकी वहिरंग सेवामा भएको छ।

घ) सामाजिक उत्तरदायित्व

स्वास्थ्य बीमा बोर्डको अतिरिक्त, सामाजिक सुरक्षा कोष, केन्द्रीय कारागार अस्पताल, डिल्लीबजार कारागार, नख्खु कारागार, जनआन्दोलनका घाइतेहरू, विपन्न नागरिक औषधोपचार कोष, मुटु तथा वाथ रोग कार्यक्रम, साथै विभिन्न समयमा भएका आन्दोलनका घाइतेहरूलाई क्रेडिटमा उपचार प्रदान गरिएको छ।जसमध्ये केहि कार्यक्रमको सोधभर्ना भुक्तानि वाँकी रहेको छ ।गतवर्ष २०८१।८२ मा अस्पतालले गरिव तथा विपन्नका लागि अस्पताल सेवा तर्फ जम्मा रु ६,४५,३७,८४६। ९अक्षेरुपी छ करोड पैतालिस लाख सैतिस हजार आठ सय छैयालिस० रुपैया छुट गरेको छ ।

ङ) स्वास्थ्य विमितको संख्या तथा सेवा सम्बन्धमा

कतिपय ठुला अस्पतालले स्वास्थ्य विमाको कार्यक्रमलाइ बेला बेलामा रोकेको अवस्थामा अस्पतालको न्यून शुल्कमा सेवा प्रदान गरिरहेको छ आर्थिक बर्ष २०८१।८२ मा स्वास्थ्य विमावाट जम्मा बहिरङ्ग विभागमा ३६७४२ विमितले १,७९,७६७ पटक सेवा लिएका छन् ।साथै ५४४१ जना अस्पतालमा भर्ना भइ उपचार गराएका र ८२५९ इमरजेन्सी मार्फत सेवा लिएको देखिन्छ । यसरी हेर्दा स्वास्थ्य वीमा वाट सेवा लिने सेवाग्राही जम्मा विरामी को २३ देखी २७ प्रतिशत रहेको देखिन्छ। उक्त सेवा प्रवाह वापत स्वास्थ्य वीमा वोर्डवाट रु ४६,०३,८५,७४४।( सोधभर्ना हुन वाँकी रहेको छ ।

च) प्रशासनिक सुधार तथा व्यवस्था

मानव श्रोत ब्यवस्थापन: अस्पतालको समग्र मानव स्रोत व्यवस्थापनमा दक्षता र पारदर्शिता कायम गर्न ूसही ठाउँमा सही व्यक्तिू को अवधारणा कार्यान्वयन गरिएको छ। यस अन्तर्गत कर्मचारीहरूको योग्यता, अनुभव, दक्षता तथा कार्यक्षमता मूल्यांकन गरी उपयुक्त पात्रहरुलाई तदनुरूपका जिम्मेवारीहरूमा संलग्न गरिएको छ। यसले कार्यक्षमतामा सुधार ल्याउनुका साथै सेवाको गुणस्तरमा पनि सकारात्मक प्रभाव परेको छ।

खरिद प्रक्रियामा पारदर्शिता: अस्पतालको सामग्री व्यवस्थापन प्रणालीमा पारदर्शिता कायम गर्न खरिद प्रक्रिया प्रतिस्पर्धात्मक र नियमअनुसार अगाडि बढाइएको छ। साथै, प्रयोगमा नआएका, जीर्ण वा काम नलाग्ने थन्किएका सामानहरूलाई लिलामी गरिएको छ साथै भण्डारण व्यवस्थापनलाई पनि प्रभावकारी बनाइएको छ।

बेरुजु फर्छ्यौट विगत वर्षदेखी कायम रहेको वेरुजु मध्ये रु १,२५,९५,९१,११७। (को सम्परिक्षण भइ कुल बेरुजुको करिव ३८ प्रतिशत लगत कट्टा गरीएको छ ।

नवीनतम प्रविधिको प्रयोगस् प्रशासनिक कामकाजमा डिजिटल प्रणालीको प्रयोग वृद्धि गरिएको छ, जस्तै—फाइल व्यवस्थापन प्रणाली, विद्युतीय हाजीरी प्रणाली, कर्मचारी अनुगमन प्रणाली, र सेवा मूल्यांकनका प्रविधिहरू, जसले गर्दा प्रशासनिक कार्यदक्षता र पारदर्शितामा वृद्धि हुन आएको छ।
कार्यक्षमता अभिवृद्धिका लागि तालिमस् कर्मचारीहरूको दक्षता विकासका लागि विभिन्न प्रशासनिक, सूचना प्रविधि, सेवा व्यावसायिकता तथा नैतिकता सम्बन्धी तालिमहरू आयोजना गरिएको छ, यसवाट सेवाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ।

डिजिटल हेल्थ अवधारणा स्अस्पतालमा डिजिटल हेल्थ सञ्चालनका लागि डिजिटल हेल्थ फोकल पर्सनको उपयुक्त व्यवस्था गरी कामकाज अगाडि वढाइको छ । उपचारका लागि आउने विरामीहरुको विवरणलाइ एकिकृत गर्न युनिक हेल्थ आइडि लाइ कडाइका साथ लागू गरीएको छ । सेवाग्राही को चापअनुसार रजिष्ट्रेशन काउन्टर को थप तथा अनलाइन दर्ता प्रणालीलाइ सुधार गर्दे लगिएको छ।

छ) भावी योजनाहरु

आकाशेपुल निर्माणको योजना: बिरामी र सेवाग्राहीहरूको सुविधाका लागि सर्जिकल भवन र बहिरङ्ग (OPD) भवनको बीचमा आकाशेपुल (Sky Bridge) निर्माण कार्यको योजना अगाडि बढाइएको छ। यस पुलको निर्माणबाट दुई भवनबीचको आवागमन सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ, विशेषगरी अपांगता भएका व्यक्तिहरू तथा आकस्मिक सेवाका बिरामीहरूका लागि वरदान सावित हुने छ।

विरामी कुरुवा घर: विरामी कुरुवाको हितलाइ ध्यानमा राखी यस अस्पतालको जाइका भवन संगै रहेको खाली ठाँउमा तिन तलाको विरामी कुरुवा घर निर्माण यसै आर्थिक वर्षमा निर्माण गरीने योजना रहेको छ ।

प्रतिक्षालयको स्तरोन्नति (क्यानोपी निर्माण): सेवाग्राहिको सेवा प्रवाहमा सहजता प्रदान गर्न बहिरङ्ग भवनको अग्रभागमा आधुनिक मोडुलर टेन्साइल क्यानोपी को निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरिने छ ।

डिजिटल हेल्थको स्तरोन्नति: हाल को भौतिक तथा प्राविधिक संरचनालाइ समयसापेक्ष वनाइ इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) परिस्कृत गर्ने तथा रेडियोलोजि विभागलाइ फिल्मरहित वनाउन PACS लाइ क्रमश: लागू गर्दै ‘एकिकृत अस्पताल ब्यवस्थापन सूचना प्रणाली’ लाइ दिर्घकालिन योजनाको रुपमा अगाडि वढाइने छ ।

हाल वीर अस्पतालले अन्तरंग सेवाहरू पूर्ण रूपमा सञ्चालन गर्न नसक्नुको प्रमुख कारण नर्सिङ लगायत अन्य प्राविधिक जनशक्तिको अभाव रहेको छ।

त्यस्तै, एनेस्थेसियामा कार्यरत जनशक्तिको कमी लगायतका कारणले गर्दा शल्यक्रिया सेवा प्रदान गर्न निकै लामो समय कुर्नुपर्ने अवस्था छ, जसले बिरामीहरूको उपचारमा अनावश्यक ढिलाइ भइरहेको छ। साथै बढ्दो विरामी संख्या र रोगको जटिलताको सन्दर्भमा हालको पूर्वाधार तथा जनशक्ति अपर्याप्त देखिएको छ।

त्यसैले अव वीर अस्पतालको बर्तमान कार्यक्षेत्रको पुन: मुल्याङ्कन गरी यस संस्थालाइ देशको केन्द्रिय रिफरल केन्द्रको रुपमा पुन: संरचना गर्नु अपरिहार्य भइसकेको छ । यसका लागि विशेषज्ञ जनशक्ति भर्ना अत्याधुनिक उपकरण तथा पूर्वाधार विस्तार सेवा प्रवाहमा डिजिटलिकरण र नितिगत रुपमा सरकारको स्पष्ट प्राथमिकता आवश्यक छ ।

दुवाकोट स्वास्थ्य परियोजना वीर अस्पतालको भावी विकासको मेरुदण्ड हो। हाल वहिरंग मात्र सञ्चालनमा रहेका प्रसूति सेवा तथा सञ्चालनमा नरहेको वालरोग सेवा पुन: सुरु गर्न दुवाकोटको पूर्वाधार विकास कार्यलाई तिव्रगतिमा सम्पन्न गर्नु अत्यावश्यक छ। यस कार्यका लागि सरोकारवाला निकायहरूस्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल एकीकृत ढंगले लाग्नुपर्ने देखिन्छ।

दुवाकोट परियोजना पूरा भएपछि वीर अस्पताल जस्तो एतिहासिक राष्ट्रिय स्वास्थ्य संस्थाको मूल भूमिका थप मजबुत हुनेछ र सेवा प्रदायक संस्था मात्र नभई अध्ययन, अनुसन्धान, र नीति निर्माणको केन्द्रको रूपमा समेत यसको थप पहिचान बन्नेछ।आगामि दिनहरुमा गर्दै जानुपर्ने यस्ता थुप्रै स्वास्थ्य सेवाका कामकारवाही क्रमश: परिपुर्ति हुदै जाने कुरामा म विश्वस्त छु ।

प्रा .डा. दिलीप शर्मा वीर अस्पतालको निर्देशक हुनुहुन्छ ।