काठमाडौँ । रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिष्ट लिग, नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।
आईतवार कृषि सामाग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो ।
प्रदर्शनका क्रममा बोल्दै योङ कम्युनिष्ट लिग, नेपालका अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासयनिक मलको अभाव विगत लामो समयदेखि भइरहेको बताउनु भयो । उहाँले रासयनिक मलको समस्या दीर्घकालीनरुपमा समाधान गर्न आग्रह गर्नुभयो । तत्काल देशभर मल आपूर्तिको सुनिश्चितता नभए अभियानलाई देशव्यापी बनाउने र आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
वाइसिएलले सरकारले रासायनिक मल पहुँचको आधारमा वितरण गरेको भन्दै यस्ता कार्य अविलम्व रोकेर आपूर्ति सुचारु गर्न माग गरेको छ ।










