१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै वाइसिएलको धर्ना



अ+ अ-

काठमाडौँ । रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिष्ट लिग, नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

आईतवार कृषि सामाग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो ।

प्रदर्शनका क्रममा बोल्दै योङ कम्युनिष्ट लिग, नेपालका अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासयनिक मलको अभाव विगत लामो समयदेखि भइरहेको बताउनु भयो । उहाँले रासयनिक मलको समस्या दीर्घकालीनरुपमा समाधान गर्न आग्रह गर्नुभयो । तत्काल देशभर मल आपूर्तिको सुनिश्चितता नभए अभियानलाई देशव्यापी बनाउने र आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

वाइसिएलले सरकारले रासायनिक मल पहुँचको आधारमा वितरण गरेको भन्दै यस्ता कार्य अविलम्व रोकेर आपूर्ति सुचारु गर्न माग गरेको छ ।