७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट
अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय ५९ पीउने पानी बोकेको जार नष्ट गरेको हो ।

अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका सवारीसाधन, पिउने पानीको जारको नियमित अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा मापदण्डविपरीत भेटिएका जारलाई कामपाले अनुगमनकै क्रममा नष्ट गरेको कामपाका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कुच्चिएका, फुटेका र भित्रको पानी नदेखिने अपारदर्शी जार भेटिने गरेको र उक्त जारहरू नष्ट गर्ने गरिएको प्रमुख नौपानेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीका जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको पनि न्यौपाने जानकारी दिनुभयो ।

त्यस्तै कामपाले हैजा रोग नियन्त्रणका लागि समुदाय तहमा पुगेर नागरिकले पिउने पानीको नमुना परीक्षण गर्ने तायरीसमेत गरेको छ । पानीको नमूना परीक्षणसँगै कामपाको प्रत्येक वडामा अभिमुखीकरण कार्यक्रम गर्न सुरू गर्ने तयारी गरेको कामपा महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि फोकल पर्सन ऋषि भुसालले जानकारी दिनुभयो ।

भुषालका अनुसार विगतको वर्षमा भन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएको र नियमितजस्तै पानी परिरहेकाले हैजाका बिरामी बढ्न सक्ने अनुमान गर्दै कामपाले नियन्त्रणका लागि काम थालनी गर्न लागेको हो । विगतका वर्षहरूमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएका भनाइ छ ।

के हो हैजा

दूषित पानीबाट सर्ने धेरै ब्याक्टेरियाजन्य रोगमध्ये एक हो हैजा । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका सङ्क्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने गर्दछ ।

हैजाका लक्षणहरू

निरन्तर पातलो दिसा लाग्नु, पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिने, छाला चाउरी पर्न थाल्ने, आँखा गाडिनुका साथै मुख सुक्खा हुनु, रक्तचाप कम हुनु, धेरै पसिना आउने, रिङ्गटा लाग्ने आदि हुन् ।