४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा आपराधिक मनोवृत्ति बढ्यो : महासचिव पौडेल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले गृहजिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको घटनाको दोषीमाथि कारबाही माग गर्दै नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न ध्यानाकर्षण गराएका छन् । सोमबार राति ५ जनाको हत्या भएको घटनाले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

मंगलबार महासचिव पौडेलले प्रेस वक्तव्य जारी गरी मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् । उनले बर्बर हत्याकाण्डको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरीको ध्यानाकर्षण गराएका छन् ।