९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजमा आपराधिक मनोवृत्ति बढ्यो : महासचिव पौडेल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले गृहजिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको घटनाको दोषीमाथि कारबाही माग गर्दै नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न ध्यानाकर्षण गराएका छन् । सोमबार राति ५ जनाको हत्या भएको घटनाले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

मंगलबार महासचिव पौडेलले प्रेस वक्तव्य जारी गरी मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् । उनले बर्बर हत्याकाण्डको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरीको ध्यानाकर्षण गराएका छन् ।