२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालक्षित बर्तौलाको टिप्पणीः संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । केही सांसदहरूले संसदजस्तो गम्भीर स्थानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न खोजेको उहाँको आरोप छ । उहाँले संसदभित्र गैरजिम्मेवार अभिव्यक्ति र हावादारी गतिविधिबाट संस्थागत मर्यादामा आघात पुगेको बताउँदै त्यसप्रति गम्भीर हुन संसद र सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो संसदमा आफ्नो व्यक्तिगत फाइदाका लागि केही सांसदहरुले गलत कुरा व्यक्त गरिरहनु भएको छ । भाइरल बन्नको लागि संसदको ठाउँमा हावादारी र जथाभावी क्रियमकलापहरु गरेर दुषित समाचार सम्प्रेषणको स्रोत संसद बनाउन खोजिँदैछ ।यसतर्फ सभामुखमार्फत म सिंगो हाउसको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’

संसदको गरिमा र मर्यादा जोगाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।