३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई एमालेको चुनौतिः बोल्दा हेक्का पुर्याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो ।

उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनु भयो । गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ संसद नभएको जिकिर गर्नुभयो । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै नभइ राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुने बताउनु भयो । बोल्दा हेक्क पु¥याएर बोल्न र भाषा र परिभाषाको ज्ञान सिकेर आउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो संसद अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने र कुनै कुरा धैयर्तापूर्वक सुन्न नसक्ने ठाउँ होइन । तथ्यको आधारमा कुरा गरौँ । देशको प्रधानमन्त्री दल विशेषसँग मात्रै होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखकका हिसावले गएको हुन्छ । पटक पटक टिप्पणी गरिरहेका मान्यज्युलाई म प्रश्न गर्न चाहन्छु, भाषा र परिभाषाको ज्ञान तपाईंलाई सिकाउनप¥यो भने हामी तयार छौँ । तर बोल्दा हेक्का पु¥याएर बोल्न चुनौति दिन चाहन्छु ।’

सचेतक बरालले प्रधानमन्त्रीसँग गएको टिमको फेहरिस्त चाहियो भने फेरि पनि प्रमाणसहित दिन तयार रहेको बताउनु भयो । प्रधानमन्त्रीले देशको गौरव बनाएर आउँदा किन छटपटी भयो ? भन्दै प्रश्न गर्नुभयो । रास्वपाको राष्ट्रप्रेम पटक पटक घटनाक्रमहरु र तथ्य तथ्यांकहरुबाट देखिसकेको बताउनु भयो ।