३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गभर्नर आएपछि डिपार्चर होस्ः वर्षमान पुन



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताउनुभएको छ ।

बुधवार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधीक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ । उहाँकाअनुसार नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेका छन् । डिपार्चर हुनपर्ने तर संयमता गुमाउन नहुने उहाँले बताउनु भयो ।

पुनले भन्नुभयो–‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेर्रै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुनछ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ ।  मौद्रिक नीतिले  नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

उहाँकाअनुसार मौद्रिक नीतिले सरकारका नीतिहरुलाई सर्पोर्ट गर्नुपर्छ ।  मुद्रास्फीति कम तर मजदुर गृहणीले महशुस गर्न नपाएको अवस्था छ अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ । मौद्रिक नीति खुकुलो सन्तुलित समग्र अर्थतन्त्रलाई चलायमन गर्ने खालको आउनुपर्ने उहाँले बताउनु भयो । उहाँका अनुसार संघीयतामा मुलुक गएपनि हाम्रा वित्तीय संस्था अझै सोही अनुकुलका हुन सकेनन् । त्यसतर्फ समेत ध्यान आगामी मौद्रिक नीतिले दिन सक्नुपर्छ ।