२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र चीनले गरेको विकासबाट लाभ लिनुपर्ने



file photo
अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारत र चीनसँगको सुमधुर सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले दुवै देशले गरेको विकासबाट अधिकभन्दा अधिक मुलुकले लाभ उठाउनुपर्ने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले लामो राजनीतिक सङ्क्रमणपछि मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त सफलताको आधार जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शन भएको बताउनुभयो । मुलुकको सामाजिक–आर्थिक रूपान्तरणका लागि जबज आज पनि उत्तिकै सान्दर्भिक भएको उहाँको कथन थियो ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जनताको बहुदलीय जनवादले परिकल्पना गरेको नेपाली ‘मोडल’को समाजवाद भएको बताउनुभयो । उहाँले पार्टी जीवनको लोकतान्त्रिकीकरण जबजको एउटा अभिन्न अङ्ग हो भन्नुभयो ।

त्यस अवसरमा यो वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गरिएको  थियो । एक लाख राशिको सो पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको हो । रासस