२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकमा मण्डले राष्ट्रवादी मानसिकता हाबी रहेकाे जितेन्द्र देवकाे दाबी



अ+ अ-

काठमाडाैंः नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई मण्डले राष्ट्रवादी मानसिकताको संज्ञा दिनुभएको छ ।

राष्ट्रियसभा बैठकमा बोल्दै देवले भारतका युपी र विहारसँग वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता मण्डले राष्ट्रवादी मानसिकता भएको बताउनुभएको हो । नेकपाको अपरिपक्व निर्णयले मुलुकमा दंगा भड्किन सक्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विहार र यूपीसँगको वैवाहिक सम्बन्ध तोडेर राष्ट्रियता बलियो हुन्छ भन्ने मानसिकता राख्ने ? यो मधेश विरोधी मानसिकता हो । यो मण्डले राष्ट्रवादी मानसिकता हो । यो प्रतिक्रान्तिकारी मानसिकता हो । आग्रह गर्छु यो विषयमा पुर्नविचारमा गर्नुहोस् । भोलि नेकपा एकातिर कांग्रेस र मधेशवादी दलहरुलाई एकता भएर मुलुकलाई दुर्घटनामा लग्ने काम नगर्नुहोस् ।’’

नेकपाको निर्णयले साम्रपदायिक द्वन्द भड्काउने र मुलुकलाई विभाजनतर्फ लैजाने उहाँले बताउनुभयो । अहिलेसम्म दुबै छिमेकी मुलुसँग समदुरीको सिद्धान्त भएपनि भारतसँग विभिन्न कारणले विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले अहिले नेपालको परराष्ट्र नीति चीनमुखी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘फोरेन पोलिसी एकमुखे भयो । यो मुलुकर्लाइ एउटा छिमेकीतिर लैजादै हुनुहुन्छ । तपाईको पार्टी लागोस हामीलाई भन्नु केही छैन् । नेपाली कांग्रेसर्लाइ भन्नु केही छैन । ५० पटक मिटिङ गर्नुहोस चिनियाँ कम्युनिष्ट पार्टीसँग हामीलाई भन्नु केही छैन् । तर यो राष्ट्र चाँही समदुरीको सिद्धान्तमा जानुपर्छ दुबैसँग मित्रताको सम्बन्ध राख्नुपर्छ । सत्तारुढ पार्टीको कारणले वैदेशिक नीतिमाथि प्रहार हुँदैछ । अब हामी चिनियाँ क्याम्पमा गयौँ भन्ने म्यासेज गएको छ । के यो ठिक भइरहेको छ ? यसले मुलुको लोकतन्त्रर्ला बलियो गर्छ ? यसले आन्तरिक राष्ट्रवादलाई बलियो गर्छ ?’’

युपी र विहारमा मधेशीको सम्बन्ध योजनाबद्ध ढंगले तोड्ने नेकपाको मानसिकता रहेको उहाँले टिप्पणी गर्नुभयो । नेपाल भारतको सम्बन्ध कुनै पार्टीले स्थापना गरेको नभइ यो सताब्दीदेखी संस्कृति र जनताले स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भारतलाई कट गरेर चिनियाँ झोलामा नेपाललाई लैजाने नेकपाको निर्णयले भोली राजनीतिक दुर्घटना हुने र सँगै जेल जानुपर्ने अवस्था आउने बताउनुभयो ।

कम्युनिष्ट पार्टीले मुलुकमा आगो लगाएर सामन्तवादीहरुलाई मलजल गर्ने काम भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘वीरगञ्जदेखि राजविराजसम्म जुलुस निस्केको छ । कांग्रेसजस्तो पार्टी, मधेशवादी दललाई यसरी हेप्ने ? कांग्रेसलाई हेपेर मधेशी दललाई हेपेर यो मुलुकमा एक्लै सञ्चालन गर्न सम्भव छ त्यो ? राजनीतिक दुर्घटना हुन्छ यो मुलुकमा सहमति नतोड्नुहोस् ।’’

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अंगीकृत नागरिकता सात वर्षपछि मात्रै दिने प्रस्ताव बहुमतले पारित गरेको थियो । जसमा कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले फरक मत राखेका थिए ।