२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपालाई एमसीसी सम्झौता : नखाउँ भने दिनभरिको शिकार, खाउँ भने……



अ+ अ-

काठमाडौँ । नेपालीमा एउटा उखान छ ‘खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छाबाबुको अनुहार’ । यसको अर्थ हो– कुनै पनि यस्तो चिज जसलाई धरै मेहनेत पर्यो तर त्यसलाई ग्रहण गर्न सकिँदैन र नगर्न पनि गाह्रो छ । हो, यस्तै भएको छ अहिले नेकपालाई । अमेरिकी सहयोग आयोजना, एमसीसी जति धेरै पुरानो भयो, जति यसको नाममा समिति, छलफल, सहमहित आदिका नाममा थिलथिपो पारियो त्यति नै पेचिलो बन्दै गयो । सत्तारुढ नेकपा भित्रैका सदस्यहरुले यति गिजोले कि अब त्यसको जस अपजस पनि पार्टीभित्रै तेर्सिन पुग्यो । अब नेकपाले यसलाई पास गर्न पनि सक्दैन र नगर्न पनि सक्दैन । कुनै एउटा यस्तो एजेण्ड जसलाई पास गर्न पनि नसक्ने र नगर्न पनि नसक्ने भनेपछि त्यसको गाह्रोको अनुमान कत्तिको होला भनेर बाहिरबाट लगाउन मात्र सकिन्छ । 

एमसीसी पास गरौँ पार्टीभित्र प्रधानमन्त्रीसँग निउँ खोज्नेका लागि यो ठूलो मसला बन्न जाने निश्चित छ । किनभने सर्वज्ञानी प्रधानमन्त्रीले यत्तिकुरा थाहा नपाउने कुरै भएन । त्यो दुई दिनमात्र अघि चिनियाँ पाठशालामा पुगेर पार्टी अध्यक्ष प्रचण्डले दिएको जवाफबाटै प्रधानमन्त्री ओलीले बुझिसकेका छन् । अड्को थाप्नेहरुको अप्ठेरोभित्रै घेरिएका प्रधानमन्त्रीलाई एमसीसीको जालोमा पार्ने जाल बुन्नेहरुको तीन पुस्ते प्रधानमन्त्रीसँगै छ, त्यसैले उनले थाहा नपाउने कुरै भएन । यो पास नगरौँ अब अन्तर्राष्ट्रिय समुदायले के भन्ला भन्ने पनि लाज नै हुन्छ । यसको मतलव पास या फेल जे गर्ने पनि अधिकार सरकारसँगै छ त्यसैले यो पास या फेल हुदैमा विदेशी समुदायमा लाजमर्दाे हुने भन्ने त होइन तर सरासर संसदका दुई अधिवेशनमा नै व्यापक चर्चामा आउने तर पास या फेल केही नहुने भएपछि सरकारको निर्णय क्षमतामाथि प्रश्न उठ्ने नै भयो । फेरि नेकपाको सिंगो एक धारकै प्रतिनिधित्व गरेका कृष्णबहादुर महराको राजनीतिक करियर यही आयोजनाप्रतिको अटेरले खाएको चर्चा नेपाली मिडियामार्फत विश्वमै पुगेको विषयको क्षमता असक्षमता पनि सरकारसँगै जोडिन्छ । 

फेरि सरकारको अर्काे अप्ठेरो के भने गएको बजेटमा यो आयोजना आंशिक रुपमा पास भइसकेको छ । एमसीसी आयोजनाको ५ अर्ब रुपैयाँबाट प्रसारण लाइन निर्माण गर्ने कुरा अर्थमन्त्रीले बडो चलाखीपूर्ण रुपमा घुसाइसकेका छन् । अब त्यस प्रावधानले सरकारलाई नैतिक दबाब पर्नसक्छ । किनभने यसले इन्गेजमेन्ट भइसकेर जन्ती लिएर नजाने हो भने त्यसको नैतिकतामाथि जेजस्तो प्रश्न उठ्छ अब एमसीसी पारित नगर्दा सरकारसँग त्यो प्रश्न उठ्न सक्छ । तर त्यसको नैतिक जिम्मेवारी लिएर दह्रो खुट्टाका साथ प्रधानमन्त्री उभिन सकेमा पास नगर्दा पनि यसले कुनै हानी हुदैन । यदि त्यस्तो अवस्था आयो भने प्रधानमन्त्रीले यो आयोजना रोज्ने या पार्टी रोज्ने भन्ने अवस्था पनि आउन सक्छ । किनभने यो आयोजना पनि महाकाली सन्धी पारित गर्ने बेलामाजस्तो नेकपाभित्र दुई प्रमुख धारको निर्माण गरिदिएको छ । महाकाली सन्धी पार्टी फुटाएरै भए पनि पारित गर्नुपर्नेजत्तिको अप्ठेरो त के कति छ त्यसको आयतनको मापन त प्रधानमन्त्रीले नै गर्ने हो । तर बाहिरबाट हेर्दा त्यो आयोजना पासै नगरेपनि देश आर्थिक रुपमा टाट पल्टिँदैन । अहिलेसम्मका निर्णय र कार्यक्रमहरु जे जसरी अघि बढेका छन् तिनको स्वामित्वका लागि सरकारको अपनत्व भए पुग्छ ।     
    
बुधबार बिहान नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । सायद प्रधानमन्त्रीले धेरै पटक फेस गर्न नचाहेको यो बैठकमा उनी इन्काउन्टर गर्लान् नै । यस बैठकले यो एजेण्डालाई कसरी टुंग्याउला ? यस विषयको प्रतिक्षा व्यग्र छ । लगभग भोलिका दिनमा सिंगै देशकै ध्यान यसैमा केन्द्रित हुनपुग्ला । बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सो बैठकअघिका दुई अध्यक्षका पटक पटकका बालुवाटारका कोठाचोटाका बसाईहरु त्यति फलदायी नदेखिएको आभास प्रचण्डका प्रचण्ड अभिव्यक्तिले पनि थोरै धेरै दिन्छन् नै । यसको प्रतिरक्षामा अर्का अध्यक्ष ओलीका सारथि के कसरी परिचालन गरिएका होलान् त्यो पनि भित्री रुपमा भन्ने आँकलन अहिले गर्न सकिँदैन किनभने यसको पक्षमा वकालत गर्न नेता त के एकजना परराष्टबाहेक कुनै मन्त्री पनि तयार देखिँदैनन् । 

स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार बालुवाटारमा दुईअध्यक्ष केपी ओली र प्रचण्डवीच भएको छलफलले बैठकका एजेण्डाहरु तय गरेको त बताइएको छ तर पनि कुनै गिभ एण्ड टेकको सुइँको पाइएको छैन । भित्री एक सूचना भन्छ– एमसीसी सम्झौतासँगै उनीहरुले सरकार र पार्टीका एजेण्डाहरुको पनि प्याकेज डिल गरेको बुझिन्छ । तर प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक सार्न प्रचण्डसँग मंगलबार साँझसम्म नै प्रस्ताव गरेकाले बैठकले कुनै फल दिने देखिन्न । तर प्रचण्डले नमानेपछि बुधबार बैठक हुने निश्चित भएको छ । यसरी हेर्दा यो बैठकले संस्थापन पक्ष रक्षात्मक र संस्थापन इत्तर पक्ष आक्रामक हुने सम्भावना बोकेको छ । त्यसैले ‘एक तिर, दुई माझी’ हुँदा त्यो एक माझी नदीको कुन चाहिँ तिरतर्फ जाने भन्ने अन्योलजस्तै प्रधानमन्त्रीलाई एमसीसी एक घाँडो एजेण्डा बन्न पुगेको छ । अनि नेकपालाई चाहिँ नखाउँ भने दिनभरिको शिकार, खाउँभने कान्छाबाउको अनुहार भनेजस्तै हुन पुगेको छ ।