१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले सेवा प्रवाह गर्नुपर्नेमा जोड



अ+ अ-

धनुषा। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समाज रूपान्तरणका लागि राजनीतिकर्मीको साथै सञ्चारजगत पनि व्यवस्थित, अनुशासित र मर्यादित हुनुपर्ने बताउनुभएको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा आजदेखि मिथिला विहारी नगरपालिस्थित कल्चरलमा सुरु भएको मधेस प्रदेशमा दर्ता भएका अनलाइनका सम्पादकसँगको अभिमुखीकरण कार्यक्रममा उहाँले लोकतन्त्रमा जनता नै सबैभन्दा अधिकार सम्पन्न हुने भएकाले जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारका निकायले आफ्ना सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले राज्यका सबै अङ्ग र एकाइ समावेशी हुनुपर्ने उल्लेख गर्दै अहिलेसम्म राज्यका सबै निकाय समावेशी हुन नसकेको बताउनुभयो । उहाँले सङ्घीयता र समावेशीताको निमित्त सञ्चारकर्मीको जिम्मेवारी अझ बढेको भन्दैै सङ्घीयताको सफल कार्यान्वयनका निमित्त सञ्चारकर्मीको कलम चल्नुपर्ने बताउनुभयो ।

मधेस प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री लेखीले भन्नुभयो, “पहिलाभन्दा अहिले आएर सञ्चारकर्मी पनि मेहनत गर्ने कार्यमा कमी आएको छ, ‘कपिपेष्ट’ पत्रकारिता फस्टाएको छ, यसलाई रोक्ने काममा पनि हामी सबैको भूमिका हुनुपर्छ ।” उहाँले भौतिक संरचना निर्माण गरेर देशको समृद्धि हुन नसक्ने भन्दै भौतिकका साथै शिक्षा, स्वास्थ्य र मानव कल्याणका विषयलाई पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड मधेस प्रदेशका अध्यक्ष किशोरकुमार लेखी, मिडिया काउन्सिल मधेस प्रदेशका सदस्य सुरेशकुमार यादव, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका कार्यालय प्रमुख प्रशन्नराज कर्णसहितले आफ्नो धारणा राख्नु भएको थियो ।

तीन दिवसीय सो अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लामा सञ्चालित अनलाइनका सम्पादकको सहभागिता छन् । रासस