२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलमा चिकित्सक राखेकामा स्थानीयवासीको विरोध



अ+ अ-

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र  नर्सलाई  आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् ।  स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का सङ्क्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र  मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताउनुभयो । 

“हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौँ, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरुका बच्चाहरु खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौँ होटल अगाडि हुन्छ । अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो । 

उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिनुभयो । “उहाँहरु कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन ।”  

चिकित्सक संघ गण्डकीका अध्यक्ष डा निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताउनुभयो । “अहिले चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहनुभएको छ, यो बेला उहाँहरुको आत्मबल बढाउन जरुरी छ । दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरु बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सक नर्स आफैँ पनि यस विषयमा सतर्क छन् ।”