२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले सडकमा जलायो त्रिवि उपकुलपतिको कुर्सी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कुर्सी जलाएका छन्। बुधबार दिउँसो विभिन्न माग लिएर त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालयमा पुगेका नेविसंघ कार्यकर्ताले कुर्सी जलाएका हुन्। 
 
उपकुलपतिको कार्यपक्षबाट कुर्सी बाहिर लगेर त्रिवि हाताभित्रको सडकमा नेविसंघले जलाएका हुन्। नेविसंघका पदाधिकारीका अनुसार त्रिविले विद्यार्थी प्रतिनिधिविनै सिनेट बैठक आयोजना गरेकोमा विरोध गरिएको थियो। 

अनलाइन कक्षालाई प्रभावकारी बनाउन नसकेर प्रचारबाजी मात्रै गरेकोमा नेविसंघले फरक मत राखे पनि उपकुलपतिले माग सुन्न नचाहेकोले आक्रोशित विद्यार्थीले कुर्सी जलाएको पदाधिकारीले बताए। 

विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई भर्ती गरेकोमा बुधबार विज्ञप्ति निकालेर नेविसंघले विरोध गरेको थियो।