२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक : आज अध्यक्षद्वयको सम्बोधन, १२ गते फेरि बस्ने



अ+ अ-

काठमाडौं । एमसिसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको नेकपाको स्थायी समिति बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ ।  

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले शुक्रबारको बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले ७ वटा कार्यसूची तयर गरेको जानकारी दिनुभएको हो । ७ बुँदे कार्यसूचीमा अध्यक्षद्धयले वर्तमान सन्दभमा बैठकको प्रारम्भमा नै मन्तव्य राख्ने, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सिमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठनिक एकताको पुर्णता, एमसीसीबारे र विविध विषय रहेका छन् । 

विविध विषयमा रुकुमपश्चिममा भएको जातिय विभेदको घटना, नागरिकता विधेयक तथा सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय रहेको प्रवक्ता श्रैष्ठले जानकारी दिनुभयो । बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्था र नेकपाको कार्यभारबारे धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी, सरकार र कम्युनिष्ट आन्दोलन र पुरा गर्नुपर्ने जिम्मेवारीबारे धारणा राख्नुभएको थियो । अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ ।