२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहयाेग निरन्तर रहने अमेरिकी विदेशमन्त्रीकाे भनाइ



अ+ अ-

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्रीबीच बुधबार अपराह्न टेलिफोन वार्ता भएको छ । त्यस अवसरमा उहाँहरुले कोरोनाभाइरसको महामारी विरुद्धको संघर्षका बारेमा आआफ्ना अनुभव सुनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुबै नेताबीच नेपालको सामाजिक आर्थिक विकास प्रयासलाई मद्दत गर्नेगरी भइरहेका विकास साझेदारीको महत्वका बारेमा छलफल भएको थियो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वास्थ्य समेतका विविध क्षेत्रमा भइरहेको अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले पनि नेपाललाई अमेरिकी सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको थियो ।

दुबै पक्षबीच आर्थिक साझेदारीका क्षेत्रमा कोरोनाकालपछि पनि अझ सुदृढ हुनेमा विश्वास व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।