१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेनः शिक्षामन्त्री पन्त



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताउनु भयो । उहाँले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गर्नुभयो । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो ।

मन्त्री पन्तले भन्नुभयो, ‘विश्व योग दिवसले के देखाउँछ भने योग अब खालि वैदिक संस्कृतिको, वैदिक समुदायको मात्रै विषय रहेन । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको छ । योगले मानिसलाई, ध्यानले मानिसलाई आफूभित्र हेर्नका लागि, आफ्नो मनस्थिति छाम्न, आफ्नो चिन्तनको लागि व्यतित गर्दछ । ध्यान र योगले मन र चित्त शुद्ध हुन्छ । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई हामीले हाम्रो देशको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा बौद्धिक सम्पदाको रुपमा अघि बढाउनुपर्छ ।’

नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको बताउनु भयो । आज शान्तिको बढी खाँचो रहेको र पूर्खाहरुले पृथ्वीमा मात्रै नभइ अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गर्नुभयो ।