५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज तेस्रो जितको खोजीमा रहेको छ । पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो । त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यता नेदरल्यान्ड्स भने पहिलो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो । नेपाल १५ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधैँ स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न । रासस