११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा आगलागी हुँदा घरगोठ जले



अ+ अ-

पर्सा। पर्साको पकहाँमैनपुर गाउँपालिका–४ खेस्रहामा आज आगजनी हुँदा दुई वटा फुसका घर र दुई गोठ पूर्णरूपमा जलेका छन् ।

विद्युत् सर्ट भएर पकहाँमैनपुर गाउँपालिका–४ ख्रेसाका रामाशङ्कर गिरी र सोही ठाउँका दरोगा गिरीको फुसको घर र गोठमा क्षति हुँदा १४ लाख ५० हजार बराबरको धनजनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले आज बिहान विद्युत् सर्ट भएर आगजनी हुँदा दुई फुसको घर र गोठ जलेर क्षति भएको जानकारी दिनुभयो ।

“आगलानीको घटना थाहा हुने वित्तिकै स्थानीय प्रहरी र दमकलसहित स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो”, उहाँले भन्नुभयो, “तत्कालै सावधान अपनाएको कारणले कुनै पनि प्रकारको मानवीय क्षति हुन पाएन ।”

आगलागी कारणले रामाशङ्कर गिरीको फुसको गोठ र फुसको बस्ने घर, अन्नपात अन्नपात, लत्ताकपडा गरगहना गरी रु सात लाख मूल्य पर्ने क्षति भएको छ । त्यस्तै गरी गिरीकै एक भैँसी र पाडो जलेर घाइते भएको छ ।

त्यस्तै गरी गिरीको छिमेकी दरोगा गिरीको फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर क्षति भएको छ । पर्सा प्रहरीका अनुसार गिरीको घरमा रहेको धान गहँु, काठ, भाँडाकुडा र गरगहना गरी साढे सात लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । रासस