१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट
अ अ+ अ-

भक्तपुर। एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ ।

भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभयो ।

अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न मन्त्रालयले रु एक करोड विनियोजन गरिएको उल्लेख गर्दै उहाँले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नसक्ने बताउनुभयो ।

भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताउनुभयो ।

सङ्घीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेण्डरी ‘बी’ लेवलको अर्थात देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्याङ्कन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्दै भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने बताउनुभयो ।

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका  छन् । बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्क ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अङ्क ल्याएर तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा फणिन्द्रप्रसाद बरालले बताउनुभयो ।

अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरङ्ग, अन्तरगत, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताउनुभयो ।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, टोलीका सदस्य एंव बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिने बताउनुभयो । रासस