२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

कार्यस्थलमा शिष्टता

कार्यस्थलमा शिष्टता
अ अ+ अ-

कार्यस्थल, कार्यलय बा वोर्क प्लेश भनेको केवल आय आर्जनको स्थान मात्र नभै सामाजिक अन्तरक्रिया, सम्वाद र सहकार्यको थलो हो। व्यक्तिको आत्मसम्मान, सम्मानजनक व्यवहार, पेशागत गरिमाको रक्षा र शिष्टताको आधार हो। शिष्ट कार्यस्थल समावेशी समाजको जग हो।

समावेशी कार्यस्थलले मात्र समुदायप्रतिउतरदायि, सशक्त र प्रभावकारी टिम तयार गर्न सक्छ। त्यसैगरी, मनोवैज्ञानिक रूपमा सुरक्षित वातावरणमा काम गर्दा कर्मचारीहरू खुलेर विचार राख्न सक्छन, समस्या समाधानमा जुट्छन र सहयोगी भावना विकास हुन्छ। शिष्टता केवल नीतिगत मूल्य होइन यो संस्थाको कार्यदक्षताको आधार हो। तर यसको बिपारित धेरैजसो कार्यस्थलहरूमा अशिष्टता एउटा गम्भीर, मौन र संस्थागत रोग को रूपमा देखिन्छ।

यो समस्या केवल व्यक्तिगत समस्या र व्यवहारमा सीमित नरहेर संगठनात्मक संरचना, सांस्कृतिक मान्यता र सामाजिक संरचनासित गहिरो रुपमा जोडिएको हुन्छ। यसले कर्मचारीको मनोबल, संस्थाको छवि,उत्पादकत्व र दीर्घकालीन रूपमा राष्द्रिय विकासप्रक्रियामा समेत नकारात्मक प्रभाव पार्दछ। कार्यस्थलमा अशिष्टताको संकट सामान्यीकृत भइसकेको छ र धेरैजसो अवस्थामा प्रचलन वा संस्कृतिको नाममा स्वीकार गरिएको हुन्छ।

हामी विकासको बहसमा समावेशीकरण, सशक्तिकरण, समानता र न्याय जस्ता शब्दहरू प्राय: दोहोर्याउँछौं। तर यी मूल्यहरू व्यवहारमा झल्कँदैनन भने तिनको कुनै अर्थ रहँदैन। प्रश्न उठ्छ के हामीले काम गरिरहेको कार्यस्थलले यी मूल्यहरू आत्मसात गरेको छ? के हाम्रो कार्यस्थलमा संवाद, सम्मान र सहकार्यको संस्कार छ?

कुन स्वरूपमा देखिन्छ कार्यस्थल अशिष्टता?

नेपालको धेरै कार्यस्थलमा अशिष्टता प्रत्यक्ष र अप्रत्यक्ष रूपमा देखिन्छ। उदाहरणका लागि: कार्यालय समयको अनादर गर्ने, सहकर्मि हरुको कुरा काट्ने, हाकिमले माइक्रो मेनेज्मेन्ट गरेर हैरान पार्ने, कार्यलयमा हो हल्ला गर्ने, आफ्नो कामको जिम्मा नलिने, अरुलाइ दोष दिने, आफ्नो आबेग नियन्त्रनण गर्ने नसक्ने, सवाल केन्द्रित भन्दा ब्यक्ति केन्द्रित झगडा गर्ने, सामजिक सञालमा तथानाम लेख्ने, सेवा ग्राहिलाइ दुख दिने आदि।

वरिष्ठ अधिकृतले कनिष्ठ कर्मचारीहरूसँग तँं र तिमीं भनेर कुरा गर्नु, उनको विचार बेवास्ता गर्नु, र सार्वजनिक रूपमै गाली गर्नु। कतिपय कर्मचारीहरू कार्यालयहरूमा उपेक्षित महसुस गर्छन जहाँ भाषागत वा सांस्कृतिक अन्तरलाई कमजोरी ठानिन्छ। लैङ्गिक यौनिक अल्पसंख्यक कर्मचारीहरू खुलेर आफ्नो पहिचान व्यक्त गर्न डराउँछन र कतिपयले गसिप वा उपहासको सिकार भएको अनुभव वताएका छन्। ।

त्यसै गरि राजनैतिक र दलीय आस्थाका कारण केही कर्मचारीहरूे कार्यालयको महत्वपूर्ण निर्णयमा सधैं पन्छाइएका हुन्छन वा कर्मचारीहरूे पनि हाकिमको बिरोध गर्ने, गुट बन्दि गर्ने, नटेर्ने गर्दछ्न जसले काम गर्ने वातावरणमा बिशाक्तता ल्याउछ्् याउँछ। यी दृष्टान्तहरूले देखाउँछ व्यवहारगत दुस्चक्र अशिष्टताको गहिरो जरा हो।

कार्यस्थल शिष्टता केवल आन्तरिक मामला होइन यसले प्रत्यक्ष रूपमा समुदायमा असर गर्छ। अशिष्ट वातावरणमा कर्मचारिहरु मनोबलमा कमजोर र सामूहिकताा वा टिम वोर्क डैलिभरिमा कमजोर हुन्छन्। यसबाट गुणस्तरीय कार्य तथा सेवा प्रबाह अपेक्षा गर्न सकिन्न। शिष्ट सभ्य कार्यस्थल भनेको हामीले चाहेको समाजको प्रतिबिम्ब हो जहाँ मानवताको आधारमा सबैलाई सम्मान गरिन्छ।

अशिष्टताको मूल कारण:

कार्यस्थलहरूमा देखिने अशिष्टताको मूल कारण ‘पावर डिस्टेन्स’ अर्थात अधिकार र अधीनस्थबीचको दूरी हो। वरिष्ठ कर्मचारीलाई आलोचना नगर्ने, कनिष्ठको आवाज नसुन्ने, वा नीतिगत निर्णयमा कर्मचारीलाई सहभागी नगराउने जस्ता अभ्यासले शक्ति असन्तुलनलाई संस्थागत बनाउँछ। कार्यस्थलहरूमा अधिकार भएकाले आज्ञा दिने र तल्लो तहले मौन सहने परम्परागत मानसिकताले अशिष्टतालाई संस्थागत बनाएको छ। सरकारी, गैरसरकारि संस्था र निजी क्षेत्रका धेरै कार्यालयहरूमा यो समस्या व्यापक रूपमा देखिन्छ।

उच्चपदस्थहरूको अपमानजनक व्यवहारलाईूकडा नेतृत्व भनेर महिमामण्डन गरिन्छ भने कनिष्ठ कर्मचारीहरूको विचारलाई अनुशासनहीनताको रूपमा लीन्छ। माइन्डस्केप नेपालको २०२३ को अध्ययनले देखाए अनुसार, ६८ प्रतिशत कर्मचारीहरूले विगत एक वर्षभित्र कुनै न कुनै रूपमा अशिष्ट व्यवहार भोगेको देखाएको छ ।

यसमा सार्वजनिक अपमान, मौखिक दुव्र्यवहार, बहिष्कार, जातिय भेदभाव र लैङ्गिक उत्पीडन समावेश छन्। तर चिन्ताजनक कुरा के हो भने यी घटनाहरूमध्ये मात्र १२ प्रतिशत रिपोर्ट हुन्छन्। यो मौनताको संस्कृति नै समस्यालाई अझ गम्भीर बनाएको छ। अहिलेसम्म यस समस्याप्रति कर्मचारीहरूको मौनताको मुख्य कारण भनेको संस्थागत संरचनामा रहेको पावर डिस्टेन्सू हो।

वरिष्ठहरूको आलोचना गर्न डराउने, उजुरी गर्दा प्रतिशोधको भय र समस्यालाई संस्कृति को नाममा सामान्यीकृत गर्ने प्रवृतिले यसलाई टिकाएको छ। तर हालैका वर्षहरूमा यसप्रति सामूहिक चेतना बढ्दै गएको छ। विशेष गरी युवा पुस्ता, महिला कर्मचारी र सीमान्तकृत समुदायका व्यक्तिहरूले आफ्नो अनुभव साट्न थालेका छन्। सामाजिक संजाल, मिडिया र श्रमिक संघहरूको माध्यमबाट यस समस्यालाई उजागर गर्ने प्रयासहरू बढ्दै गएका छ।

संविधान र श्रम ऐनले के भन्छ?

नेपालको संविधान २०७२ को धारा १८ समानताको हक र धारा ३० समान व्यवहारको हकले सबैलाई जात, लिङ्ग, धर्म, वर्ग आदिको आधारमा विभेद नगरी सम्मानपूर्वक व्यवहार गरिनु पर्ने स्पष्ट व्यवस्था गरेको छ। त्यस्तै, नेपालको श्रम ऐन, २०७४ ले श्रम ऐन, २०७४ ले श्रमिकको मर्यादा र भेदभावविरुद्धको सुरक्षा सुनिश्चित गरेको भए पनि कार्यस्थल शिष्टताको विषयमा स्पष्ट खण्ड समावेश छैन। यौन दुर्व्यवहार नीतिहरूको अस्तित्व त छ, तर ंभावनात्मक दुव्र्यवहारं, मौन बहिष्कारं, वा व्यावसायिक अवहेलनां जस्ता सूक्ष्म अशिष्टताहरूको सम्बोधन गर्ने नीति धेरैजसो संस्थामा छैन।

नेपाल सरकारको गुणस्तरीय सार्वजनिक सेवा कार्ययोजना, राष्द्रिय सामाजिक समावेशीकरण नीति, र गुड गभर्नेन्स कार्ययोजना जस्ता दस्तावेजहरूमा शिष्टता र उध्ररदायित्व उल्लेखित छ्न तर कार्यस्थल व्यवहारको आचार सम्हिता निर्माण र कार्यान्वयन अझै प्राथमिकताको रूपमा आएका छैनन्॥ विश्वका विभिन्न देशहरूले कार्यस्थल शिष्टता कायम गर्न सफल रणनीतिहरू अवलम्बन गरेका छन्।

सबै लाई कार्यस्थलमा शिष्टता सम्बन्धि अनिवार्य तालिम, स्पष्ट नीति र गोप्य रिपोर्टिङ प्रणाली कार्यान्वयन गरेको छ। यु यन का निकायहरुले वोर्क प्लेश सिबिलिटि निति लागु गरेका छ्न। सिङ्गापुरले सरकार, श्रमिक संघ र रोजगार दाता बीच त्रिपक्षीय सहकार्यमा आचरण मापदण्ड विकास गरेको छ। स्क्यान्डिनेभियन देशहरूमा फ्ल्याट हायरार्की र समावेशी नेतृत्वको संस्कृतिले संवादको खुलापन र परस्पर आदरलाई प्रवद्र्धन गरेको छ।

नेपालले यी अन्तर्राष्ट्रिय अनुभवहरूबाट सिक्न सक्छ। विशेष गरी नेपालको सांस्कृतिक विविधता, जातीय सोपान वा हायरार्की र सामाजिक संरचनालाई ध्यानमा राखेर नीति र कार्यक्रमहरू विकास गर्नुपर्छ। यी अभ्यासहरू नेपालमा जस्ताको तस्तै लागू गर्न कठिन भए पनि स्थानीय सन्दर्भअनुकूल रूपान्तरण गरेर नीति तथा तालिमका रूपमा अवलम्बन गर्न सकिन्छ।

कार्यस्थलमा शिष्टता निर्माणका उपायहरू

सम्मान, समावेशीता, र सहानुभूतिको संस्कार अँगाल्ने कार्यस्थलहरू मात्र वास्तवमै रूपान्तरणको माध्यम बन्न सक्छन्। साँचो परिवर्तन नीति कागजमा होइन, हामी एकअर्कालाई कसरी व्यवहार गर्छौं, त्यसमा सुरु हुन्छ। कार्यस्थलमा अशिष्टताको मौन संकटलाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन। अबको आवश्यकता भनेको ‘शिष्टता’ लाई विकासको आधारभूत सूचक मान्ने हो।

व्यक्तिको प्रतिष्ठा जोगाएर, सशक्त वातावरणमा सिर्जनशीलता प्रोत्साहित गर्ने प्रणाली स्थापना नगरी, हामीले कार्यस्थललाई मानव–केन्द्रित बनाउन सक्दैनौं। सबैको सम्मान भन्ने मूलमन्त्रले मात्र यस्तो रूपान्तरण सम्भव बनाउँछ—जहाँ नेतृत्व, कर्मचारी, र संस्थागत संस्कारबीच विश्वास, गरिमा र परस्पर आदरको संस्कृति विकास हुन्छ। शिष्टता कसरी व्यवहारमा उतार्ने?

यस गम्भीर समस्याको समाधानका लागि निम्न बहुआयामिक उपायहरू आवश्यक

प्रथमत, स्पष्ट नीति निर्माण र नीतिगत सुधार अपरिहार्य छ। प्रत्येक संस्था वा निकायले शिष्ट व्यवहार सम्बन्धी स्पष्ट आचार संहिता बनाउनुपर्छ।जसमा गालीगलौज, बहिष्कार, जातीय वा लैंगिक वा अन्य अशिष्ट व्यवहार स्पष्ट रूपमा निषेध गरिएका हुनुपर्छ। नेपाल सरकारले श्रम ऐनमा कार्यस्थल सम्मान सम्बन्धी छुड्ढै खण्ड समावेश गरी यसलाई कार्यान्वयन गर्न प्रभावकारी समयन्त्र विकास गर्नुपर्छ।

दोस्रो, तालिम र नेतृत्व विकास: सबै तहमा समावेशी व्यवस्थापन, इमोनसल इन्टेलिजेन्स, संवाद कला र दन्द समाधान सम्बन्धी तालिम अनिवार्य बनाइनुपर्छ। नेतृत्वले आफ्नो व्यवहारबाट नै उदाहरण प्रस्तुत गर्नुपर्छ।

तेस्रो शिष्ट व्यवहार मूल्याङ्कन प्रणाली: कर्मचारी कार्य सम्पादन मुल्यान्कनमा ‘शिष्ट व्यवहार सूचक’ वा सिविलिटि इन्डेस्क राख्नु आवश्यक छ, जसले व्यक्तिको सहयोगीपन, संवादशीलता र आदरभावलाई मापन गर्न सघाउँछ। कर्मचारीको शष्ट व्यवहार सूचकलाई पदोन्नति र पुरस्कारको आधार बनाउनुपर्छ।

चौथो, संस्थागत संस्कृतिमा परिवर्तन सम्मान केवल उच्चपदस्थप्रति मात्र होइन, सबै तहका कर्मचारीहरूप्रति हुनुपर्छ भन्ने मानसिकता विकास गर्नुपर्छ। विविधता र समावेशी सहभागितामुलकलाई संस्थागत संस्कृतिको अभिन्न अङ्ग बनाउनुपर्छ। सुनुवाइ र सहयोग संयन्त्र: कार्यस्थलमा गुनासो दर्ता गर्न सुरक्षित, गोप्य र विश्वासिलो संयन्त्र बनाइनुपर्छ। डिजिटल गुनासो प्लेटफर्म उपयोगी हुन सक्छन्। विविधता उत्सव र समावेशी संवाद: चाडपर्वको सामूहिक मनाइने अभ्यास, विविध पृष्ठभूमिका कर्मचारीहरूलाई निर्णायक भूमिकामा सहभागिता, र नियमित संवाद प्रवर्द्धन गरिनुपर्छ।

यसकाे अलवा सिस्टता सिकाउन घर परिवार एबम शैक्षिक पाठ्यक्रममा कार्यस्थल शिष्टता, संवाद सिप र विवाद समाधानका विषयहरू समावेश गर्नुपर्छ। विश्वविद्यालय तथा प्राविधिक शिक्षण संस्थाहरूले विद्यार्थीहरूलाई व्यावसायिक व्यवहारका मापदण्डहरूसँग परिचित गराउनुपर्छ।

सामूहिक प्रतिबद्धताको आवश्यकता

अन्त्यमा, कार्यस्थल शिष्टता कुनै एक पक्षको जिम्मेवारी होइन। सरकार, गैरसरकारी सस्था, द्रेड युनियन, कर्मचारी, सेबागराहि श्रमिक संघ, शैक्षिक संस्था र समग्र समाजको साझा प्रयास आवश्यक छ। सबैको सम्मानू को संस्कार विकास गर्न नीतिगत सुधार, नेतृत्व विकास, नेतिक शिक्षा र संस्कृतिको पुनर्परिभाषा गर्नुपर्छ। सबे निकायहारुले कार्यस्थल शिष्टतालाई प्राथमिकतामा राख्नुपर्छ। मानवीय गरिमा, सम्मानजनक व्यवहार र समावेशी संस्कृतिबिना साँचो विकास सम्भव छैन।

असहमति हुँदा पनि सम्मान कायम राख्ने, फरक विचार राख्ने ठाउँ दिने र सबैको आत्मबल जोगाउने कार्यसंस्कृतिबाट मात्र हामी ‘विकासको मानवमुखी’ यात्रातर्फ जान सक्छौं। नेपाल समाबेसी बिकासको बाटोमा अघि बढिरहेको छ। साँचो समावेशी विकास शिष्ट, सम्मानजनक र गरिमायुक्त कार्यस्थलबाट सुरु हुन्छ।

-विकास तथा योजना विज्ञ डा पन्थी हाल ग्रामीण पुनर्निर्माण संस्था आर आर एन नेपालमा आवद्ध छन्।