३० असार २०८३, मंगलवार
,
Latest
न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल बस्ती जोगाउन तटबन्ध निर्माण सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर देशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा कान्तिपुर हाफ म्याराथनको उद्घाटन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुर हाफ म्याराथनको उद्घाटन गर्नुभएको छ । कान्तिपुर मिडिया ग्रुपले गर्दै आएको यो म्याराथनको १३ औं संस्करण हो ।

ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको छ  ।

यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ महिला र पुरुषको फरक इभेन्ट हुनेछ । हाफ म्याराथन २१.१ किमि, कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमि दुरीमा हुनेछ ।

सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ । सबैभन्दा बढी सहभागिता कर्पोरेटमा रहेको छ भने हाफ म्याराथनतर्फ पनि झन्डै एक हजार जनाले नाम दर्ता गराएका छन् ।

हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने सके थप २५ हजार जित्नेछन् ।

दोस्रोदेखि छैटौं हुनेले क्रमश: ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् । ह्विलचेयर रेस विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जित्नेछन् ।

पुरुषमा हरिकुमार रिमाल र महिलामा कान्छीमाया कोजुको नाममा कोर्स रेकर्ड कायम छ । हरिको १ घन्टा ६ मिनेट ४१ सेकेन्ड र कान्छीमायाको १ घन्टा १९ मिनेट २२ सेकेन्डको रेकर्ड छ ।