काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले गणतन्त्रमा मध्यमवर्गको उदय भइरहेको बताउनुभएको छ ।
एमालेले आज आयोजना गरेको ‘गणतन्त्र उत्सव’पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाउँछ भन्ने मान्यतालाई स्थापित गरेको टिप्पणी गर्नुभयो । उहाँले नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।
उहाँले गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व रहेको उल्लेख गर्दै जनताको बलिदानीपूर्ण सङ्घर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताउनुभयो ।
महासचिव पोखरेलले कतिपय मानिसले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै पञ्चायतका अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर छ गुणामा सीमित भएको भनाइ राख्नुभयो । उहाँले सिङ्गो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेको उल्लेख गनुृभयो ।
एमाले आज सबै पालिकामा गणतन्त्र दिवस मनाएको छ । एमाले प्रचार विभाग प्रमुख उत्सव विभिन्न जातजातिका बाजागाजासहित भव्य रुपमा मनाएको बताउनुभयो । सभा अघि एमालेले वेषभूषा, सांस्कृतिक झाँकी ¥याली निकालेको थियो ।
एमालेले आरआर क्याम्पस, पद्यमकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट विभिन्न वेषभूषा, सांस्कृतिक झाँँकी ¥यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर बृहत् ¥याली निस्केको थियो । र्याली सहिदगेट, सुन्धारा रत्नपार्क हुँदै पुन भृकुटीमण्डपमा पुगी समापन गरिएको थियो ।
उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेललगायत पार्टीका शीर्ष नेताहरुको सहभागी हुनुभएको थियो । यस्तै पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय सङ्गठनकोसमेत उत्सवमा सहभागी थियो । रासस










