काठमाडौं। आइपिएल २०२५ को अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सले आरसिबीलाई २ सय २८ रनको चुनौती दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनायो। कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रनको शतकीय इनिङ खेले भने मिचेल मार्शले ६७ रनको अर्धशतक प्रहार गरे।
आरसिबीका लागि शेफर्ड, भुवनेश्वर र तुषाराले एक–एक विकेट लिए। क्वालिफायर वानमा पुग्न आरसिबीले यो खेल जित्नैपर्ने दबावमा छ, भने लखनउ प्रतियोगिताबाट पहिले नै बाहिरिएको छ।










