नयाँ दिल्ली। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच जयपुरमा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।
आजको खेलले विजेता टोलीलाई क्वालिफायरमा स्थान दिलाउनेछ। हाल पञ्जाव १७ अंकसहित दोस्रो स्थानमा छ भने मुम्बई १६ अंकसहित चौथो स्थानमा।
यदि पञ्जाव विजयी भयो भने उसले १९ अंक पुर्याउँदै क्वालिफायरमा पुग्नेछ। मुम्बईले जितेमा समान अंक भएपनि रनरेटका आधारमा शीर्ष स्थानको गुजरात टाइटन्सलाई पछि पार्दै क्वालिफायरमा स्थान बनाउनेछ।
लिग चरणको अन्तिम खेल मंगलबार रोएल च्यालेन्जर्स बेंगलुरु र लखनऊ सुपर जाइन्ट्सबीच हुनेछ। सो खेलमा बेंगलुरुले जित निकालेमा प्लेअफको दौडमा रहन सक्नेछ, अन्यथा गुजरात शीर्ष दुईमा पुग्नेछ।
हाल गुजरात, पञ्जाव, मुम्बई र बेंगलुरुले प्लेअफ स्थान पक्का गरिसकेका छन् भने लखनऊ प्रतियोगिताबाट बाहिरिइसकेको छ।










