४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलमा आज पञ्जाव र मुम्बईबीच प्लेअफ प्रवेशका लागि भिडन्त



अ+ अ-

नयाँ दिल्ली। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किङ्स र मुम्बई इन्डियन्सबीच जयपुरमा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ।

आजको खेलले विजेता टोलीलाई क्वालिफायरमा स्थान दिलाउनेछ। हाल पञ्जाव १७ अंकसहित दोस्रो स्थानमा छ भने मुम्बई १६ अंकसहित चौथो स्थानमा।

यदि पञ्जाव विजयी भयो भने उसले १९ अंक पुर्‍याउँदै क्वालिफायरमा पुग्नेछ। मुम्बईले जितेमा समान अंक भएपनि रनरेटका आधारमा शीर्ष स्थानको गुजरात टाइटन्सलाई पछि पार्दै क्वालिफायरमा स्थान बनाउनेछ।

लिग चरणको अन्तिम खेल मंगलबार रोएल च्यालेन्जर्स बेंगलुरु र लखनऊ सुपर जाइन्ट्सबीच हुनेछ। सो खेलमा बेंगलुरुले जित निकालेमा प्लेअफको दौडमा रहन सक्नेछ, अन्यथा गुजरात शीर्ष दुईमा पुग्नेछ।

हाल गुजरात, पञ्जाव, मुम्बई र बेंगलुरुले प्लेअफ स्थान पक्का गरिसकेका छन् भने लखनऊ प्रतियोगिताबाट बाहिरिइसकेको छ।