५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक

यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक
अ+ अ-

बैतडी। बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् ।

भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् । उनले १२ चौका र पाँच छक्का प्रहार गर्दै शतक बनाएका हुन् । घरेलु मैदान दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा दुई सय १० रन बनाएको छ । जसमा भास्कर एक सय रनमा अविजित रहे । यस्तै विक्रम बोहराले ४७ र कप्तान सचिन भट्टले अविजित ४६ रनको योगदान गरे ।

भास्कर र विक्रमबीच एक सय पाँच रनको ओपनिङ शतकीय साझेदारी भयो । त्यसपछि आएका कप्तान सचिनले पनि भास्करसँग एक सय पाँच रनकै साझेदारी गरे । भास्कर प्लेयर अफ द म्याच समेत चुनिएका छन् ।

डोटीका सुमन मल्लले एक विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको डोटीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १६ रन मात्रै बनाउन सक्यो । डोटीका महेश देउवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाएपनि जित हुन सकेन । बलिङतर्फ बैतडीका अमर चन्द र जयबहादुर नाथले दुई/दुई विकेट निकाले ।

प्रतियोगिताबाट बैतडी र बझाङ बाहिरिसेकेका छन् । आजै भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ । आजको खेलमा पराजित भए पनि डडेल्धुरा नेट रनरेटका आधारमा बझाङलाई पछि पार्दै समूह ‘ए’ को विजेताको रूपमा फाइनलमा सुरक्षित भयो ।

जितका लागि पाएको एक सय ७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा एक सय ४० रनमा समेटियो । जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् । बझाङका हिमाल दौल्यालले तीन विकेट झारे । यसअघि बझाङले २० ओभरमा खाठ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।

बझाङका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिएका छन् । डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले दुई/दुई विकेट हात पारे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । दुवै समूहका विजेताबीच यही जेठ १४ गते उपाधिका लागि भिडन्त हुनेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताएका छन् ।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले  एसिसी मेन्स यू-१६ इस्ट जोन कपको छनोटका लागि जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।  रासस