४ भाद्र २०८३, बिहीबार
,
Latest
कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपिएलमा हैदराबादद्वारा बेंगलुरुलाई २३२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई २ सय ३२ रनको लक्ष्य दिएको छ।

लखनउको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३१ रन बनायो।

इशान किशनले हैदराबादका लागि विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा सात चौका र पाँच छक्कासहित अविजित ९४ रन जोडे। अन्य ब्याट्सम्यानमध्ये अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६, हेनरिक क्लासेनले २४, ट्र्याभिस हेडले १७, कप्तान प्याट कमिन्सले अविजित १३ र अभिनव मनोहरले १२ रन बनाए।

बलिङतर्फ आरसिबीका रोमारियो शेफर्डले दुई विकेट लिए भने भुवनेश्वर कुमार, लुंगि एन्गिडी, सुयश शर्मा र कृणाल पाण्ड्याले एक/एक विकेट लिए।

जारी सिजनमा आरसिबी उत्कृष्ट प्रदर्शनमा रहेको छ। १२ मध्ये आठ खेल जितेको आरसिबी १७ अंकसहित दोस्रो स्थानमा रही प्लेअफ सुनिश्चित गरिसकेको छ।

विपरित, गत सिजनको उपविजेता हैदराबाद १२ खेलमा चार जित, सात हार र एक ड्रका साथ ८ अंकसहित आठौँ स्थानमा छ र प्लेअफ दौडबाट बाहिरिसकेको छ।