५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोलीको लगातार तेस्रो जित, ग्लोसेस्टरशायरलाई ७३ रनले पराजित



अ+ अ-

काठमाडौं। आईसीसी विश्वकप लिग–२ को स्कटल्याण्ड सिरिजअगाडिको तयारीमा जुटेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित निकालेको छ।

बिहीबार सम्पन्न अभ्यास खेलमा नेपालले इंग्ल्यान्डको ग्लोसेस्टरशायर टिमलाई ७३ रनले पराजित गर्दै सानदार जित दर्ता गर्‍यो। पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३५, दीपेन्द्रसिंह ऐरीले ३२, अनिलकुमार साहले २९ र आरिफ शेखले अविजित २२ रन बनाए।

बलिङमा ग्लोसेस्टरशायरका डेभिड पेन र अमन राओले समान दुई–दुई विकेट लिए। जवाफमा ब्याटिङ गरेको ग्लोसेस्टरशायर १७.३ ओभरमा मात्र १२१ रनमा अलआउट भयो। नेपाली बलर सन्दीप लामिछाने, नन्दन यादव र बसिर अहमदले दुई–दुई विकेट लिएर टिमलाई जित दिलाए।

अब नेपालले आगामी जुन २ देखि स्कटल्याण्डमा सुरु हुने आईसीसी विश्वकप लिग–२ सिरिजमा भाग लिनेछ।