५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । मुम्बई इन्डियन्स आईपीएल २०२५ को प्लेअफमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।

योसँगै एमआई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । गुजरात, बैंगलोर र पञ्जाब पहिले नै प्लेअफमा पुगिसकेका छन् ।

वानखेडे रंगशालामा १८१ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो । समीर रिजवीले सर्वाधिक ३९ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मिचेल सान्टनरले ३–३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । सूर्यकुमार यादवले ७३ रन बनाए । उनले नमन धीरसँग मिलेर अन्तिम १२ बलमा ४८ रन जोडे । नमनले ८ बलमा २४ रन बनाएर अविजित रहे । दिल्लीका मुकेश कुमारले २ विकेट लिए ।