४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको प्लेअफमा



अ+ अ-

काठमाडौँ । मुम्बई इन्डियन्स आईपीएल २०२५ को प्लेअफमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले हराउँदै मुम्बईले प्लेअफमा स्थान बनाएको हो ।

योसँगै एमआई प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । गुजरात, बैंगलोर र पञ्जाब पहिले नै प्लेअफमा पुगिसकेका छन् ।

वानखेडे रंगशालामा १८१ रनको लक्ष्य पछ्याएको दिल्लीको टोली १८.२ ओभरमा १२१ रनमा अलआउट भयो । समीर रिजवीले सर्वाधिक ३९ रन बनाए । मुम्बईका जसप्रित बुमराह र मिचेल सान्टनरले ३–३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । सूर्यकुमार यादवले ७३ रन बनाए । उनले नमन धीरसँग मिलेर अन्तिम १२ बलमा ४८ रन जोडे । नमनले ८ बलमा २४ रन बनाएर अविजित रहे । दिल्लीका मुकेश कुमारले २ विकेट लिए ।