५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
अ+ अ-

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ ।

नेपाल भलिबल सङ्घको आयोजनामा पहिलोपटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् ।

प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । “त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले रु चार/चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई  लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । “गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने ।