
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले युडब्लुडब्लु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गर्नु भयो ।
भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादवले नेपालको चुनौती प्रस्तुत गर्ने हुनेछ । तीनै खेलाडी राखेपले सञ्चालन गरेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहनु भएका खेलाडी हुन् ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी हुनु हुन्छ । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्य समेत रहनु भएका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी पनि टोलीसंगै भारत जानु हुनेछ।