१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बङ्गलादेश : रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ घरबारविहीन

बङ्गलादेश : रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ घरबारविहीन
अ अ+ अ-

ढाका । दक्षिणपूर्वी बङ्गलादेशमा रहेको शरणार्थी शिविरका केही भागमा आगलागी हुँदा हजारौँ रोहिङ्ग्या घरबारविहीन भएको प्रहरीले जनाएको छ। “आगलागीमा करिब एक हजार २०० घर जलेका छन्”, आइतबार शिविरको सुरक्षा प्रमुख सशस्त्र प्रहरी बटालियनका प्रवक्ता कामरान हुसेनले भने ।

क्याम्प १६ बाट सुरु भएको आगलागी बाँस र तारपालले बनेको आश्रयस्थलमा पुगेर पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएको उनले बताए । “आगो बेलुका ४ः४० बजे सुरु भएको थियो र साँझ ६ः३० बजे नियन्त्रणमा आएको थियो”, उनले एएफपी समाचार एजेन्सीलाई भने।

शरणार्थीहरूको जिम्मेवारीमा रहेका बङ्गलादेशका सरकारी अधिकारी मोहम्मद शमसुद डौजाले आपतकालीन कामदारहरूले आगो नियन्त्रणमा लिएको बताए। कसरी आगलागी भयो भन्ने स्पष्ट नभएको उनले बताए ।

‘मेरा सपना गुमाएँ’

भीषण आगलागी भएकाले आफ्नो घर र फर्निचर जले पनि आगोबाट ज्यान जोगाउन भागेको २२ वर्षीय अब्दुर रशिदले बताए ।

“मेरो घरमा सबै जलेको थियो। मेरा बच्चा र श्रीमती बाहिर थिए। घरमा धेरै चीजहरू थिए”, उनले एएफपीलाई भने, “मैले दैनिक मजदुरका रूपमा काम गर्दा ३० हजार टका जोगाएको थिएँ। पैसा आगोमा जल्यो, अहिले खुला आकाशमुनि छु । मैले मेरो सपना गुमाए।”

गत वर्ष मार्चमा बङ्गलादेशमा विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्ती मानिने रोहिङ्ग्या घरहरूमा भीषण आगलागी हुँदा १५ जनाको मृत्यु र करिब ५० हजार घरबारविहीन भएका थिए।

२९ वर्षीय मोहम्मद यासिनले शिविरमा आगो सुरक्षा उपकरणको अभाव भएको गुनासो गरे । “यहाँ बारम्बार आगलागी हुने गरेको छ । आगो निभाउने कुनै उपाय थिएन । पानी थिएन । मेरो घर जलेको छ । मैले म्यानमारबाट ल्याएका धेरै कागजात पनि जलेका छन्। साथै यहाँ अत्यधिक जाडो छ”, उनले भने ।

गत आइतबार जिल्लाको अर्को शरणार्थी शिविरमा शरणार्थीहरूका लागि कोभिड–१९ उपचार केन्द्रमा आगलागी हुँदा कुनै हताहत भएको थिएन ।

म्यानमारबाट सीमा पार गरेर भागेका शरणार्थीहरूलाई लिएर बङ्गलादेशको प्रशंसा गरिएको छ, तर उनीहरूलाई स्थायी घरहरू फेला पार्नमा थोरै सफलता मात्र मिलेको छ।

म्यानमारका रोहिङ्ग्या शरणार्थीहरू वर्षौंदेखि मलेसिया, थाइल्याण्ड र इन्डोनेसिया जस्ता देशहरूमा शरणार्थीका रुपमा बस्दै आएका छन्।