• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

बङ्गलादेश : रोहिङ्ग्या शरणार्थी शिविरमा आगलागी हुँदा हजारौँ घरबारविहीन



ढाका । दक्षिणपूर्वी बङ्गलादेशमा रहेको शरणार्थी शिविरका केही भागमा आगलागी हुँदा हजारौँ रोहिङ्ग्या घरबारविहीन भएको प्रहरीले जनाएको छ। “आगलागीमा करिब एक हजार २०० घर जलेका छन्”, आइतबार शिविरको सुरक्षा प्रमुख सशस्त्र प्रहरी बटालियनका प्रवक्ता कामरान हुसेनले भने ।

क्याम्प १६ बाट सुरु भएको आगलागी बाँस र तारपालले बनेको आश्रयस्थलमा पुगेर पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएको उनले बताए । “आगो बेलुका ४ः४० बजे सुरु भएको थियो र साँझ ६ः३० बजे नियन्त्रणमा आएको थियो”, उनले एएफपी समाचार एजेन्सीलाई भने।

शरणार्थीहरूको जिम्मेवारीमा रहेका बङ्गलादेशका सरकारी अधिकारी मोहम्मद शमसुद डौजाले आपतकालीन कामदारहरूले आगो नियन्त्रणमा लिएको बताए। कसरी आगलागी भयो भन्ने स्पष्ट नभएको उनले बताए ।

‘मेरा सपना गुमाएँ’

भीषण आगलागी भएकाले आफ्नो घर र फर्निचर जले पनि आगोबाट ज्यान जोगाउन भागेको २२ वर्षीय अब्दुर रशिदले बताए ।

“मेरो घरमा सबै जलेको थियो। मेरा बच्चा र श्रीमती बाहिर थिए। घरमा धेरै चीजहरू थिए”, उनले एएफपीलाई भने, “मैले दैनिक मजदुरका रूपमा काम गर्दा ३० हजार टका जोगाएको थिएँ। पैसा आगोमा जल्यो, अहिले खुला आकाशमुनि छु । मैले मेरो सपना गुमाए।”

गत वर्ष मार्चमा बङ्गलादेशमा विश्वको सबैभन्दा ठूलो शरणार्थी बस्ती मानिने रोहिङ्ग्या घरहरूमा भीषण आगलागी हुँदा १५ जनाको मृत्यु र करिब ५० हजार घरबारविहीन भएका थिए।

२९ वर्षीय मोहम्मद यासिनले शिविरमा आगो सुरक्षा उपकरणको अभाव भएको गुनासो गरे । “यहाँ बारम्बार आगलागी हुने गरेको छ । आगो निभाउने कुनै उपाय थिएन । पानी थिएन । मेरो घर जलेको छ । मैले म्यानमारबाट ल्याएका धेरै कागजात पनि जलेका छन्। साथै यहाँ अत्यधिक जाडो छ”, उनले भने ।

गत आइतबार जिल्लाको अर्को शरणार्थी शिविरमा शरणार्थीहरूका लागि कोभिड–१९ उपचार केन्द्रमा आगलागी हुँदा कुनै हताहत भएको थिएन ।

म्यानमारबाट सीमा पार गरेर भागेका शरणार्थीहरूलाई लिएर बङ्गलादेशको प्रशंसा गरिएको छ, तर उनीहरूलाई स्थायी घरहरू फेला पार्नमा थोरै सफलता मात्र मिलेको छ।

म्यानमारका रोहिङ्ग्या शरणार्थीहरू वर्षौंदेखि मलेसिया, थाइल्याण्ड र इन्डोनेसिया जस्ता देशहरूमा शरणार्थीका रुपमा बस्दै आएका छन्।