• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कोरोना भाइरस सङ्क्रमण सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्



काठमाडौं । कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट क्रमशः विश्वभरि फैलिरहेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको अत्यधिक सङ्क्रामक मानिएको यो भेरिअन्ट अहिले नेपालसहित विश्वका १०० वटाभन्दा बढी देशरूमा पुगिसकेको छ।

विश्वभरि फेरि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। युरोप र अमेरिकापछि एशियाली मुलुकहरूमा कोभिड तीव्र गतिमा फैलिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा एक साताअघिसम्म २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर तीनगुनाले बढेर आइतवार ९.१ प्रतिशतमा पुगेको छ।

कतिपय मानिसहरू अझै पनि परीक्षणको दायरामा नआएको बताइन्छ। मानिसहरूलाई कोभिडसँग मिल्दो लक्षण देखिएपछि के गर्ने भन्ने अन्योल हुने गरेको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको शङ्का लागेमा के गर्नुपर्छ तरु बीबीसी ब्रजिलका आन्द्रे बिएर्नाथले तयार पारिएको आलेक यहाँ प्रस्तुत गरिएको छ।

यी छ वटा निर्देशिकाको पालना गरेर तपाईँले आफ्नो स्वास्थ्यको ख्याल राख्नुका साथै आफ्नो वरपरका मानिसहरूलाई पनि सुरक्षित राख्न सक्नुहुन्छ।

१. परीक्षण गर्नुहोस्
ब्रजिलको सङ्क्रामक रोग विशेषज्ञहरूको समूह एसबीआईका अध्यक्ष डा। जोस डेभिड अरेबिज ब्रिटो कोभिड भएको हो वा होइन थाहा पाउन यसको पहिचान गर्नु अत्यावश्यक भएको बताउँछन्।

“सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिँगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण देख्नेबित्तिकै गर्नुपर्ने काम नै रोगको पहिचान गर्नु हो,” उनी भन्छन्।

यस्तो अवस्थामा पहिले परीक्षण गराउनुपर्छ। जसले गर्दा तपाईँलाई कोरोनाभाइरस सङ्क्रमण वा मौसमी रुघाखोकी मात्रै हो थाहा पाउन मद्दत पुग्छ। कोभिड पहिचानका लागि एन्टिजन वा आरटी–पीसीआर परीक्षण गराउन सकिन्छ।

यदि तपाईँ अरू सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउनुभएको छ भने पनि सबैभन्दा पहिले परीक्षण गराएर आफूलाई भए नभएको पक्का गर्नुपर्छ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन ९सीडीसी० को वेबसाइटका अनुसार परीक्षण गराउनुको अर्को फाइदा पनि छ। परीक्षणको रिपोर्ट तपाईँलाई हवाईयात्रा र अन्य कतिपय ठाउँमा प्रवेशका लागि पनि आवश्यक पर्न सक्छ।

एन्टिजन परीक्षणहरू कम विश्वासिला मानिन्छन्। तर तपाईँलाई छिटो परीक्षण नतिजा चाहिएको छ भने एन्टिजन परीक्षणको नतिजा १५ देखि ३० मिनेटमा आइसक्छ।

यसर्थ कोभिड पहिचानका लागि आरटी–पीसीआर परीक्षणलाई सबैभन्दा उत्कृष्ट विधि मानिन्छ। तर यसको रिपोर्ट आउन केही घण्टादेखि केही दिनसम्म पनि लाग्छ सक्छ।

परीक्षणमा सङ्क्रमण नदेखिए तपाईँ आफ्नो दिनचर्या जारी राख्न सक्नुहुन्छ, तर त्यो अवस्थामा पनि सजग रहनु आवश्यक छ। तपाईँले मास्क लगाउन छोड्नु हुँदैन, जताततै छुनु हुँदैन र कुनै पनि व्यक्ति वा वस्तुको सम्पर्कमा आएपछि आफ्नो हातमा स्यानिटाइजर प्रयोग गर्ने वा साबुन पानीले मिचीमिची धुनुपर्छ। सम्भव भएमा साबुन पानीले बारम्बार हात धुनु बुद्धिमानी हुन्छ।

यदि रिपोर्टमा सङ्क्रमण देखियो भने तपाईँले पालना गर्नुपर्ने कुराहरू यस प्रकार छन्।

२. अलग्गै बस्नुहोस्
कोरोनाभाइरस सङ्क्रामक हुन्छ। यो भाइरस सङ्क्रमित व्यक्तिको थुक वा सिँगानका छिटा वा र्‍यालको कणमार्फत् नजिकै रहेका अरू मानिसमा सर्न सक्छ।

सङ्क्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाई हाच्छ्युँ गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ मानिसलाई सङ्क्रमण सर्ने सम्भावना हुन्छ।

त्यसैले यदि तपाईँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनुहुन्छ भने आफू वरपरका मानिसबार विचार गर्दै उनीहरूबाट टाढा बसेर आफूलाई ‘आइसोलेट’ हुनु सबैभन्दा उत्तम हो।

यदि घरमा तपाईँ परिवारसँग बसिरहनुभएको छ भने परिवारका सबै सदस्यले अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ। मास्क राम्रो गुणस्तरको हुनुपर्छ र सङ्क्रमित व्यक्तिको कोठावरपर हुँदा मास्क लगाउन विशेष ध्यान दिनुपर्छ। सम्भव छ भने सङ्क्रमित व्यक्तिले छुट्टै शौचालय प्रयोग गर्नुपर्छ। सङ्क्रमितको व्यक्तिगत आवश्यकताका सामान पनि अरू व्यक्तिले प्रयोग गर्ने वस्तुसँग राख्नु हुँदैन।

सङ्क्रमित व्यक्ति कति समयसम्म आइसोलेशनमा बस्नुपर्छ भन्नेमा विज्ञहरूको फरकफरक धारणा छ।

गत डिसेम्बर २७ मा अमेरिकाको सीडीसीले निर्देशिका परिवर्तन गर्दै आइसोलेशन अवधिलाई पाँच दिन कायम गर्‍यो।

तर ब्रिटेन, अस्ट्रेलिया आदि देशमा परीक्षण गरेको दिन वा लक्षण सुरु भएको दिनबाट गणना गरेर आइसोलेशनको समय सातदेखि १० दिन छ।

तर एसबीआईका जैविक सुरक्षा परामर्शदाता डा. सिल्भिया लेमोस हेन्रिच्सेन भन्छिन्, ‘ओमिक्रोन भेरिअन्ट र बढ्दो कोरोनाभाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सातदेखि १० दिन आइसोलेशनमा बस्नु राम्रो हुन्छ।’

३. नजिकको सम्पर्कमा आएका मानिसहरूलाई जानकारी दिनुहोस्
तेस्रो महत्त्वपूर्ण काम तपाईँसँग विगत १४ दिनयता नजिकको सम्पर्कमा आएका मानिसहरूलाई तपाईँलाई सङ्क्रमणको शङ्का लागेको वा सङ्क्रमण पुष्टि भएको फोन गरेर वा सन्देश पठाएर जानकारी दिनुपर्छ।

उनीहरूलाई पनि परीक्षण गराउन सल्लाह दिनुपर्छ।

४. लक्षणबारे ख्याल गर्नुहोस्
सुरुको अवस्थामा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडापखालाको लक्षण हुन्छ।

अनि प्रायशः यी लक्षणहरू बढ्दै जान्छन्।

कोरोनाभाइरस सङ्क्रमित व्यक्ति आइसोलेशनमा हुँदा सबै लक्षणहरूको ख्याल गर्नु धेरै नै महत्त्वपूर्ण हुन्छ। लक्षणहरू बढेर कुनै अप्रत्याशित जटिलता पैदा भयो भने तुरुन्तै डाक्टरको सहयोग खोज्न जरुरी हुन्छ।

हेन्रिच्सेन भन्छिन, ‘लक्षणहरूमा ध्यान दिनु धेरै नै महत्त्वपूर्ण छ, विशेषतः वृद्ध बिरामीबारे। यदि ६० वर्षको वृद्धलाई अत्यधिक पखाला लाग्न थाल्यो भने, उसलाई डिहाइड्रेशन हुन सक्छ वा फोक्सोमा पानी जम्मा हुँदा निमोनिया हुन सक्छ।’

विज्ञहरूले कोभिड भएका मानिस बस्ने घरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने उपकरण अक्सिमिटर राख्दा राम्रो हुने र समयसमयमा व्यक्तिको अक्सिजन मात्रा जाँच गराउनुपर्ने सुझाव दिएका छन्।

‘अक्सिजन स्याचुरेशनको तह ९५ प्रतिशतभन्दा माथि हुनुपर्छ। अक्सिमिटरमा अक्सिजन स्याचुरेशन ९८ प्रतिशतबाट क्रमशः घट्दै गएमा त्यो खतराको सङ्केत हो, यस्तो अवस्थामा डाक्टरको सहयोग लिनुपर्छ’ हेन्रिच्सेन भन्छिन्।

दिनमा दुई पटकसम्म अक्सिजनको मात्रा परीक्षण गर्ने र लक्षण देखिएको छ वा सात दिनपछि पनि ज्वरो र जीउ दुख्ने समस्या अत्यधिक भएमा अस्तपालाको आपत्कालीन कक्षमा बिरामीलाई पुर्‍याउनुपर्ने डा. अरेबिज ब्रिटो बताउँछन्।

५. आराम गर्नुहोस् र शरीरमा पानीको मात्रा कमी हुन नदिनुहोस्
कोरोनाभाइरस सङ्क्रमण भएको अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु हुने बीबीसीले कुरा गरेका विज्ञहरूको सुझाव छ।

उनीहरूले कोभिडको उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरू सेवन नगर्न पनि सुझाव दिएका छन्।

कोभिड महामारी बढ्दै गएपछि सङ्क्रमणको उपचारका लागि केही औषधिहरू चर्चामा आए। तीमध्ये हाइड्रोक्सीक्लोरोक्वाइन, आइभर्मेक्टिन र निटाजोक्सनाइडजस्ता औषधिको कोभिड सङ्क्रमणविरुद्ध कुनै प्रभावकारिता देखिएन।

अहिले कतिपय देशले कोभिडविरुद्ध प्रभावकारी मानिएका एन्टिभाइरल औषधिलाई मान्यता समेत दिइसकेका छन्।

विज्ञहरू सङ्क्रमण देखिएको केही दिन मात्रै भएका र सामान्य लक्षण भएका बिरामीहरूले पर्याप्त आराम र बढीभन्दा बढी पानी पिउनु प्रभावकारी हुने सल्लाह दिन्छन्।

डा। ब्रिटो शरीर सुक्खा हुँदा शरीरमा हुने साइटोकाइन नामक तत्त्वहरू क्षय भएर मानिसको मिर्गौलामा असर पुग्ने जोखिम भएको बताउँछन्।

ज्वरो, टाउको दुख्ने वा शरीर दुख्ने समस्या भए त्यसको असर नहुने अवस्थामा रोकथामका लागि औषधिहरू लिन सकिने चिकित्सकहरूको सल्लाह छ।

“यस्तो अवस्थामा सबैले प्रयोग गर्न सक्ने भनेको सिटामोल हो,” सङ्क्रामक रोग विशेषज्ञहरूको एउटै सुझाव छ।

६. निको भएपछि कोभिड खोप लिनुहोस्
कोभिडबाट पनि मानिसहरूमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ। तर पनि त्यसलाई सुदृढ बनाउन कोभिड(१९ विरुद्धको खोप लगाउनुपर्ने चिकित्सकको सल्लाह छ।

यसका लागि एक पटक चिकित्सकको परामर्श लिन उपयुक्त हुने उनीहरू बताउँछन्। किनभने रिपोर्टमा सङ्क्रमण देखिएको भोलिपल्टै खोप लिनु हुँदैन।

ब्रजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण देखिए वा सङ्क्रमण पुष्टि भएको ३० दिनपछि मात्रै खोप लगाउन उपयुक्त हुने भनिएको छ।

नेपालमा पनि कोभिड भएको एक महिनापछि मात्रै खोप लगाउन चिकित्सकहरूले सुझाव दिने गरेका छन्।

सङ्क्रमणपछि शरीरको प्रतिरोध क्षमता सङ्क्रमणबाट मुक्त हुन सङ्घर्षरत रहने भएकाले प्रतिरोधी क्षमता विकासका लागि एक महिनाको समय राख्नु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।

बलियो प्रतिरोध क्षमताका लागि निर्धारित अवधिभित्रै पहिलो, दोस्रो वा तेस्रो खोपको मात्रा लगाउन जरुरी भए पनि एउटाबाट अर्को मात्रा लगाउने बीचको अवधिमा कोभिड भए पुनः एक महिना पर्खिन चिकित्सकहरूले सुझाएका छन्। बीबीसीबाट साभार