१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

विपद् व्यवस्थापनसँग जोडिएका कानून र कार्यविधि ‘घन टाउके’ जस्ता भएः गृहमन्त्री लेखक

विपद् व्यवस्थापनसँग जोडिएका कानून र कार्यविधि ‘घन टाउके’ जस्ता भएः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनसँग जोडिएको कानून र कार्यविधि ‘घन टाउके’ जस्तो भएको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपद् संवाद’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

विपद् व्यवस्थापनको कार्य राजधानीकेन्द्रित र संघीय सरकाले निर्देशित गर्ने हुँदा प्रदेश तथा स्थानीय तहहरुले विपद् जोखिम न्युनिकरण गर्न प्रभावकारी भुमिका खेल्न नसकेको उहाँको भनाइ छ । उहाँले अहिले विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरुको खुट्टा र शरीर पातलो र टाउको ठूलो भएको कारण शरीरले धान्न नसक्ने जस्तो भएको बताउनु भयो । उहाँले प्राकृतिक विपद्हरुको सामना गर्न स्थानीय तहलाई सबल बनाउन नसक्दासम्म प्रभावकारी काम नहुने बताउनु भयो । गृहमन्त्री लेखकले विपद्सम्बन्धी आवश्यक नीति र कार्यविधि संघीय सरकारले बनाउने भएपनि त्यसको कार्यान्वयन गर्ने पहिलो प्रमुख निकाय स्थानीय सरकार भएको जिकिर गर्नुभयो । उहाँले आफू गृहमन्त्री भइसकेपछि मानवीय रणनीतिक क्षेत्रहरू प्रदेशलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय गरेको बताउनु भयो । उहाँले अबको एक महिनाभित्र मानवीय रणनीतिक क्षेत्रको अधिकार सबै प्रदेशहरुलाई हस्तान्तरण गरीसक्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले विपद् नियन्त्रण तथा जोखिम न्युनिकरणको लागि प्रत्येक स्थानीय तहहरुमा मानवीय रणनीति क्षेत्र बनाई काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । अहिले पनि प्रदेश सरकारले विपद्को गोदामबाट एउटा कम्बल निकाल्न प्राधिकरणलाई पत्र पठाउनुपर्ने बाध्यता रहेको सुनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै एचएसए प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनेर मैले नीतिगत निर्णय गरेको छु । चरावटा मानवीय रणनीतिक क्षेत्रहरू हामीले प्रदेश सरकारलाई हस्तान्तरण्न गरिसक्यौं । अबको एक महनिाभित्रमा हामी बाँकी रहेकाहरु पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्छौं । मैले के गरिरहेको छु भन्दा अब प्रत्येक पालिकाहरुमा मानवीय रणनीतिक क्षेत्रहरू बनाउँ । प्रत्येक स्थानीय तहको भवनको एउटा कोठालाई रणनीतिक क्षेत्र भनेर तोकिदिए हुन्छ । त्यसमा आधारभुत केही सामानहरु राखौं । त्यसमा संघ सरकार र प्रदेश सरकारले समेत सहयोग गर्ने वातावरण मिलाउँ । अब हामी सबै त्यसमा लाग्नुपर्छ भन्ने लागिरहेको छ । अहिले शरीरको अंग खुट्टा एकदम पातलो, जिउ झन पातलो, हात झन पातलो र टाउको यति ठूलो कि त्यो जिउले टाउको धान्न सकेको छैन भन्या जस्तै टाउको ठूलो होइन बढी बुद्धि भएको हुनुप¥यो । तर जिउले धान्न सक्नुप¥यो । विपद्सँग सम्बन्धित सबैकुरा काठमाडौं केन्द्रित छ । सबैभन्दा टाढाको गो डाउन गोदावरीको छ । त्यसको साचो दिनेशले बोक्नुभएको छ । अनि त्यहाँ मुख्यमन्त्रीले एउटा कम्बल निकाल्नुप¥यो भने यहाँ चिठी लेख्नुपर्छ । उहाँले हुन्छ भनेपछि कम्बल झिक्न पाइन्छ । यो के हो भने टाउको भारी भरकम शरीर कमजोर भयो । यसले हुँदैन । शरीर बलियो हुनुप¥यो, टाउको बुद्धि भएको हुनुप¥यो ।

उहाँले विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणका लागि सुरक्षा सेवाबाट अवकाशप्राप्त व्यक्तिहरुलाई स्वयंसेवक तोक्नुपर्ने बताउनु भयो ।