
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनसँग जोडिएको कानून र कार्यविधि ‘घन टाउके’ जस्तो भएको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार आयोजना गरेको ‘गृहमन्त्रीसँग विपद् संवाद’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
विपद् व्यवस्थापनको कार्य राजधानीकेन्द्रित र संघीय सरकाले निर्देशित गर्ने हुँदा प्रदेश तथा स्थानीय तहहरुले विपद् जोखिम न्युनिकरण गर्न प्रभावकारी भुमिका खेल्न नसकेको उहाँको भनाइ छ । उहाँले अहिले विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरुको खुट्टा र शरीर पातलो र टाउको ठूलो भएको कारण शरीरले धान्न नसक्ने जस्तो भएको बताउनु भयो । उहाँले प्राकृतिक विपद्हरुको सामना गर्न स्थानीय तहलाई सबल बनाउन नसक्दासम्म प्रभावकारी काम नहुने बताउनु भयो । गृहमन्त्री लेखकले विपद्सम्बन्धी आवश्यक नीति र कार्यविधि संघीय सरकारले बनाउने भएपनि त्यसको कार्यान्वयन गर्ने पहिलो प्रमुख निकाय स्थानीय सरकार भएको जिकिर गर्नुभयो । उहाँले आफू गृहमन्त्री भइसकेपछि मानवीय रणनीतिक क्षेत्रहरू प्रदेशलाई हस्तान्तरण गर्ने नीतिगत निर्णय गरेको बताउनु भयो । उहाँले अबको एक महिनाभित्र मानवीय रणनीतिक क्षेत्रको अधिकार सबै प्रदेशहरुलाई हस्तान्तरण गरीसक्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले विपद् नियन्त्रण तथा जोखिम न्युनिकरणको लागि प्रत्येक स्थानीय तहहरुमा मानवीय रणनीति क्षेत्र बनाई काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । अहिले पनि प्रदेश सरकारले विपद्को गोदामबाट एउटा कम्बल निकाल्न प्राधिकरणलाई पत्र पठाउनुपर्ने बाध्यता रहेको सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै एचएसए प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनेर मैले नीतिगत निर्णय गरेको छु । चरावटा मानवीय रणनीतिक क्षेत्रहरू हामीले प्रदेश सरकारलाई हस्तान्तरण्न गरिसक्यौं । अबको एक महनिाभित्रमा हामी बाँकी रहेकाहरु पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्छौं । मैले के गरिरहेको छु भन्दा अब प्रत्येक पालिकाहरुमा मानवीय रणनीतिक क्षेत्रहरू बनाउँ । प्रत्येक स्थानीय तहको भवनको एउटा कोठालाई रणनीतिक क्षेत्र भनेर तोकिदिए हुन्छ । त्यसमा आधारभुत केही सामानहरु राखौं । त्यसमा संघ सरकार र प्रदेश सरकारले समेत सहयोग गर्ने वातावरण मिलाउँ । अब हामी सबै त्यसमा लाग्नुपर्छ भन्ने लागिरहेको छ । अहिले शरीरको अंग खुट्टा एकदम पातलो, जिउ झन पातलो, हात झन पातलो र टाउको यति ठूलो कि त्यो जिउले टाउको धान्न सकेको छैन भन्या जस्तै टाउको ठूलो होइन बढी बुद्धि भएको हुनुप¥यो । तर जिउले धान्न सक्नुप¥यो । विपद्सँग सम्बन्धित सबैकुरा काठमाडौं केन्द्रित छ । सबैभन्दा टाढाको गो डाउन गोदावरीको छ । त्यसको साचो दिनेशले बोक्नुभएको छ । अनि त्यहाँ मुख्यमन्त्रीले एउटा कम्बल निकाल्नुप¥यो भने यहाँ चिठी लेख्नुपर्छ । उहाँले हुन्छ भनेपछि कम्बल झिक्न पाइन्छ । यो के हो भने टाउको भारी भरकम शरीर कमजोर भयो । यसले हुँदैन । शरीर बलियो हुनुप¥यो, टाउको बुद्धि भएको हुनुप¥यो ।
उहाँले विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरणका लागि सुरक्षा सेवाबाट अवकाशप्राप्त व्यक्तिहरुलाई स्वयंसेवक तोक्नुपर्ने बताउनु भयो ।