काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप १ सय ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।
शुक्रबार ३ हजार ९ सय ८७ पिसिआर परीक्षण भएका छन् ।











