१४ भाद्र २०८३, आईतवार
,
Latest
इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन



अ+ अ-

सङ्खुवासभा। उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ । पहिरो हटाउपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ ।

आज बिहान ६ः३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

खाँदबारी–भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो ।

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् । रासस