१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा विवाद नयाँ मोडमा, अध्यक्ष ओलीले बैठक स्थगित गर्न खोजे दाहालले सुचारु गर्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको शक्ति संघर्ष कठिन मोडमा पुगेको छ । पटक पटक स्थगित हुँदै  ६ गते छोटो समय बसेको स्थायी समितिको बैठक १३ गते मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

मंगलबार बस्ने बैठकलाइ अध्यक्ष केपी ओलीले स्थगित गर्न खोजे अर्का अध्यक्ष पुष्पकमल दाहालले  बैठकलाई निरन्तरता दिने विषयमा चार नेताले सहमति गरेपछि विवाद नयाँ मोडमा पुगेको हो ।

अध्यक्ष दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको छलफलमा सचिवालयका सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच यस्तो सहमति  भएको हो ।

यसअघि  दुई अध्यक्षहरु ओली र दाहालले आपसमा सल्लाह गरी बैठक स्थगित  गर्दै आएका थिए । नेताहरुबीच सम्वाद गरी निकास खोज्न पटक पटक बैठक स्थगित भए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन ।