१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ दिनमा ऐश्वर्या राय र उनकी छोरी आराध्याले जितिनन् कोरोना



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिनेत्री राय र उनकी छोरीलाई जुलाई १२ मा रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएको ११ औं दिनमा उनका श्रीमान् अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका छन् ।

अभिषेकले लेखेका छन्, ‘तपाईहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद’ । सधैंभरि यसको लागि आभारी छु। राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरु घरमा बस्छन्। म र मेरा पिता अस्पतालको अस्पतालको स्वास्थ्यकर्मीको निगरानीमा रहनेछौं ।  अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा छन् । उनीहरुमा कोरोना पोजेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।