काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । मंगलबार विहान ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको बताए । नेकपाको आन्तरिक विवाद मिलाउन भन्दै कैयौं पटक शीर्ष नेताहरु छलफलमा जुटे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि पार्टीभित्र आन्तरिक कलह बढेको हो ।











